डी गिया युनाइटेडमै

एजेन्सी, लन्डन । पहिलो रोजाइका गोलकिपर डेविड डी गेया आगामी चार वर्षसम्म इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमै रहने भएका छन् ।
२०२३ सम्मका लागि सम्झौता नवीकरण भएसँगै उनी आगामी चार वर्ष पनि युनाइटेडमै रहने भएका हुन् । उनको क्लबमा एक सिजनमा करसँगै १३ दशमलव तीन मिलियन पाउन्ड वृद्धि हुनेछ । युनाइटेडले गोलकिपरका लागि खर्चिएको धेरै रकम हो । योसँगै उनी युनाइटेडका सर्वाधिक महँगा गोलकिपर बनेका छन् ।

स्पेनका २८ वर्षीय गोलकिपर डेविडलाई अनुबन्ध गर्न विभिन्न क्लबले प्रस्ताव राखेका थिए । अन्ततः उनले युनाइटेडमा रहने निर्णय गरेका हुन् । उनलाई युभेन्टस, पिएसजी र रियाल मड्रिडले अनुबन्धका लागि प्रयास गरेको चर्चा चलेको थियो ।  २०११ मा स्पेनिस क्लब एट्लेटिको मड्रिडबाट युनाइटेड आबद्ध भएका गोलकिपर डेविडले युनाइटेडका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया