आर्सनल र वाट्फोर्ड बराबरीमा

एजेन्सी, पेरिस । । इङ्लिस प्रिमियर लिगमा आर्सनल वाट्फोर्डसँग अंक बाँड्न बाध्य भएको छ ।  आइतबार वाट्फोर्डको मैदानमा भएको खेलमा वाट्फोर्डसँग २–२ गोलको बराबरीमा रोकिएपछि आर्सनल अंक बाड्न बाध्य भएको हो । पहिलो हाफमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा १–१ अंक बाँड्नु परेको हो । पहिलो हाफमा पिएरे एमरिक अबामेयाङले दुई गोल गर्दै आर्सललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा आर्सनलले दुई गोल बेहो¥यो ।

२१औं मिनेटमा पिरे इमेरिक औबामेयाङले बललाई जाली चुमाउँदा आर्सनलले अग्रता लिएको थियो । त्यसको ११ मिनेटपछि औबामेयाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए । ५३औं मिनेटमा टम क्लेभर्लीको गोलमा वाट्फोर्डले खेलमा फर्कने संकेत गरेको थियो ।

खेल सकिन ९ मिनेट बाँकी हुँदा रोबेर्टो पेरेइराले बललाई जाली चुमाउँदै वाट्फोर्डलाई खेलमा फर्काएका थिए । ‘हामीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल पूर्ण रूपमा नियन्त्रणमा लिएका थियांै,’ जाकाले भने, ‘तर दोस्रो हाफ वाट्फोर्डको पक्षमा रह्यो । हामीले अंक बाड्यांै, त्यो नै हाम्रा लागि महŒवपूर्ण हो ।’

‘खेलको पहिलो हाफमा स्वाभाविक प्रदर्शन र दोस्रो हाफमा त्यसको विपरीत प्रदर्शन गर्दा लिगमा लिएको लक्ष्यमा पुग्न कठिन छ,’ जाकाले भने । ‘हामीले दोस्रो हाफमा केही गल्ती ग¥यौं, जसको वाट्फोर्डले पूर्ण रूपमा फाइदा उठायो,’ आर्सनलका प्रशिक्षक युनेई इमिरेले भने, ‘वाट्फोर्डले पहिलो गोल गरेसँगै खेलको गति परिवर्तन भयो । क्रमशः उनीहरू हाबी हुँदै गए ।’

इमिरेले मिडफिल्डर मेसुट ओजिललाई पहिलो पटक सुरुआती ११ मा मैदान उतारेका थिए । जुलाईमा सेड कोल्सिनाकसँगै आक्रमणमा परेपछि ओजिल मैदानबाहिर बस्दै आएका थिए । ‘दोस्रो हाफमा टोलीले जुन प्रदर्शन ग¥यो, त्यसबाट म हर्षित छु,’ वाट्फोर्डका प्रशिक्षक कुइके सान्चेज फ्लोरेसले भने, ‘आर्सनल उत्कृष्ट टोली हो र उनीहरुविरुद्ध अंक खोस्न कठिन छ ।’

आइतबारै चाँडो गरी भएको खेलमा बर्नमाउथले एभर्टनलाई ३–१ गोलले निराश पारेको थियो । यस नतिजापछि ५ खेलमा ८ अंक जोडेको आर्सनल सातौं स्थानमा छ । ५ खेलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको लिभरपुल शीर्ष स्थानमा छ भने साबिक विजेता म्यानचेस्टर सिटी १० अंकका साथ दोस्रो स्थानमा छ ।

समान ५ खेलमा समान ८ अंक जोडेको टोटेनह्याम, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । मात्र २ अंक जोडेको वाट्फोर्ड अन्तिम स्थानमा छ ।

प्रतिक्रिया