टाइगर ‘र्याम्बो’ बन्ने

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफको भारतीय चलचित्र जगतमा भिन्नै पहिचान छ । उनी प्रत्येक चलचित्रमा आफ्नो रूपलाई फरक ढंगले प्रस्तुत गरेर दर्शकलाई प्रभावमा पार्न सिपालुसमेत छन् । उनी लभरब्वाय मात्रै नभइ एक्सनमा समेत निकै माहिर देखिन्छन् ।

यसैबीच, उनी छिट्टै अर्का अभिनेता ऋतिक रोशनसँग चलचित्र ‘वार’ मा एक्सन रूपमा देखिँदैछन् । उनको एक्सनलाई बलिउडमा निकै रुचाइन थालिएको छ । उनले काम गर्ने प्रायः चलचित्रमा एक्सनलाई प्रमुखताका साथ प्रस्तुत गरिएको पाइन्छ । त्यस्तै, पछिल्ला दिनमा टाइगरको नयाँ चलचित्र ‘र्याम्बो’ लाई लिएर बलिउडमा निकै चर्चा चुलिएको छ । सन् १९८२ मा रिलिज भएको हलिउड चलचित्र ‘र्याम्बो’ को हिन्दी रिमेक घोषणा भएर पनि लामो समयदेखि रोकिइरहेको थियो । अब भने चलचित्रमा अभिनेता टाइगरले अभिनय गर्ने पक्कापक्की भएको छ ।

चलचित्र ‘वार’ का निर्देशक सिद्धार्थ आनन्दले ‘¥याम्बो’ को सुटिङ आगामी २०२० मार्चबाट सुरु हुने जानकारी दिए । यो चलचित्रको निर्देशन पनि सिद्धार्थ आनन्दले नै निर्देशन गर्ने भएका छन् ।

हलिउड चलचित्रको रिमेक भए पनि ‘¥याम्बो’ लाई भारतीय भावनानुसार रूपान्तरित गरिएको सिद्धार्थले जिकिर गरे । उनले एक्सन थ्रिलर ‘वार’ रिलिज हुनेबित्तिकै ‘¥याम्बो’ को काम थालिने बताए । उनले दुई वर्ष पहिले नै टाइगरको साथमा ‘¥याम्बो’ निर्माण गर्ने घोषणा गरेका थिए । ‘वार’ २ अक्टोबरमा गान्धीजयन्तीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा रहेको सिद्धार्थले जनाए ।

प्रतिक्रिया