विप्लवका पाँचथर जिल्ला सेक्रेटरी पक्राउ

पाँचथर । पाँचथर प्रहरीले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा विप्लव समुह पाँचथरका जिल्ला सेक्रेटरी ,सचिव, बिजय नेम्वाङलाइ मंगलबार पक्राउ गरेको छ । विगतमा सथानिय तह प्रमुख तथा उद्योगी व्यापारी , ठेकेदार,संघ संस्था लगायत विभिन्न व्यक्तिहरुलाइ धम्कीपुर्ण चन्दा माग्ने गरेको उजुरीका आधारमा खोजतलासि गर्ने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले तिब्ररुपमा खोजतलास गरीरहेको अवस्था थियो । त्यसै क्रममा विशेस अप्रेसन टोलीले नेम्वाङलाइ फिदिम नगरपालिका १४ लुङरुपा बाट पक्राउ गरेको हो । नेम्वाङलाइ जिल्लाअदालतपाँचथरमा म्याद थप गरी अनुसन्धान गरीरहेको डिएसपी सिद्धराज न्यौपानेले जनाए ।

प्रतिक्रिया