ग्रिनल्यान्ड र भद्रकालीको जित

काठमाडौं । आयोजक ग्रिनल्यान्ड र भद्रकालीले चौधौँ क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार जित हात पारेका छन् । ग्रिनल्यान्डले पृथ्वीलाई ३२–२२ ले पराजित गर्यो । ग्रिनल्यान्डकी सुजाता जागरीले ९ अंक जोडिन् । भद्रकालीले नेसनल युनाइटेडलाई १७–११ ले हरायो ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्ड ‘ए’ ले नेसनल युनाइटेडलाई ५३–३३, पृथ्वीले ग्रिनल्यान्ड ‘बी’ लाई २६–१८ र भ्याली पब्लिकले बूढानीलकण्ठ आश्रमलाई ५२–३२ ले पाखा लगाए । ग्रिनल्यान्ड ‘ए’ का राजीव आले मगर र सम्पूर्ण गुरुङले १४–१४, पृथ्वीका समीर कार्कीले १४ तथा भ्याली पब्लिकका सक्रिय अधिकारी र राहुल विकले ११–११ स्कोर गरे । जुनियर ब्वाइजमा ओडिसीले ग्रिनल्यान्डलाई २१–१७ तथा जुगलले भद्रकालीलाई १८–१५ ले निराश पारे ।

प्रतिक्रिया