मणिविक्रम शाह स्मृति फुटसल हुने

काठमाडौं । नेपाली फुटबलका ख्याती प्राप्त खेलाडी मणिविक्रम शाहको स्मृतिमा नेपाल खेलाडी तथा प्रशिक्षक संघ प्रदेश ३ कमिटीले फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गरी मणिविक्रम शाह स्मृति अन्तरविद्यालय फुटसल प्रतियोगिता भदौ २३ देखि २९ गतेसम्म आयोजना गर्ने जानकारी गरायो । प्रतियोगितामा ३२ टिमको सहभागिता अपेक्षा गरिएको प्रतियोगिता संयोजक राजेश महर्जनले जानकारी दिए ।

होम एन्ड अवेका आधारमा हुने प्रतियोगिताको विजेताले २५ हजार तथा उपविजेताले १५ हजार नगद पुरस्कार पाउने नेपाल खेलाडी तथा प्रशिक्षक संघका केन्द्रीय अध्यक्ष महेश महर्जनले जानकारी गराए । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

प्रतिक्रिया