राप्रपाका युवा नेता नेकपामा प्रवेश

पाँचथर । राप्रपाका युवा नेता शुरेस शाह नेकपामा प्रवेश गरेका छन । फिदिममा आयोजित नेकपाको कार्यक्रममा उनि सँगै अन्य ६ जना प्रवेशले प्रवेश गरेका हुन । फिदिम नगरी घर भएका शाहले राप्रपा रहेर पनि समाजसेवामा योगदान दिदै आएका थिए । खेकुदमा जिवन बिताएका शाहले राप्रपामा व्यक्तिबादी चिन्तन बाट नहटेको र राप्रपा समाप्ती हुदै गएको बताए ।


उनले सरकारमा रहेका पाटीका युवासाथिहरुको जमात धेरै भएकाले बिकासमा लाग्नुको बिकल्प नभएको भन्दै प्रवेशको निर्णय गरेको सुनाए । आफू राप्रपा को जिल्ला नेता भए पनि भावनात्मकरुपमा नेकपाका युवा बिजयी साँसद सँग नजिक रहेको समेत जनाए ।

अब पाटीले जे जिम्मेवारी दिन्छ त्यो पुरा गर्न लाग्ने समेत जनाए । नव प्रवेशी शाह लगायतलाइ नेकपा पाँचथर ईञ्चार्ज तथा प्रदेश १ का अर्थमन्त्री ईन्द्रबहादुर आङवो, सह–इञ्चार्ज अईन्द्र शुन्दर नेम्वाङ, संघीय सांसद तथा प्रदेश साँसदहरु लगायतले उनलमई स्वागत गरेका थिए । साँथै, शनिबार नेकपाले पत्रकार सम्मेलन गरी पाटी बैठकले विभिन्न निर्णयहरु समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया