स्नाइडरद्वारा सन्यास घोषणा

एजेन्सी, इजिप्ट । नेदरल्यान्ड्सलाई विश्वकप फुटबलको फाइनलसम्म पु¥याउन सफल विस्ले स्नाइडरले अन्तर्राष्ट्रिय खेल जीवनबाट सोमबार सन्यासको घोषणा गरेका छन् । सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा नेदरल्यान्ड्सलाई फाइनलसम्म पु¥याउन योगदान दिएका स्नाइडरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

३५ वर्षे स्नाइडरले १७ वर्षे अन्तर्राष्ट्रिय फुटबल करियरलाई बिट मारेका छन् । उनले नेदरल्यान्ड्सको घरेलु क्लब युट्रेच्टको युट्युब च्यानलमार्पmत संन्यासको घोषणा गरेका थिए । ‘मेरो सम्बन्ध घरेलु क्लबबाटै भएको थियो । त्यसैले जहाँ मैले खेलजीवनको उत्कृष्ट पलहरू बिताएको थिएँ,’ स्नाइडरले भने,‘त्यसैले यहीँबाट अन्तर्राष्ट्रिय फुटबलबाट बिट मारेको हुँ ।’ स्नाइडर नेदरल्यान्ड्सका लागि सर्वाधिक क्याप जित्ने खेलाडीसमेत हुन् । उनले नेदरल्यान्ड्सबाट एक सय ३५ खेल खेलेका छन् ।

उनले १९ वर्षकै उमेरमा राष्ट्रिय टोलीबाट खेलेका थिए । स्नाइडरले सन् २००३ मा नेदरल्यान्ड्सबाट डेब्यु गरेका थिए । राष्ट्रिय टोलीबाट यादगार प्रदर्शन गर्ने क्रममा उनले सन् २०१० को विश्वकपमा नेदरल्यान्ड्सलाई फाइनलमा पु¥याएका थिए । यद्यपि, उक्त फाइनलमा नेदरल्यान्ड्स स्पेनसँग १–० ले स्तब्ध भएपछि विश्वकपको उपाधि चुम्नबाट चुकेको थियो । तर, स्नाइडर भने सो विश्वकपको दोस्रो उत्कृष्ट खेलाडी चयन हुँदा सिल्भर बल पाउन सफल भए ।

गोल्डेन बल भने उरुग्वेका डिएगो फोर्लानले पाएका थिए । त्यसको चार वर्षपछि ब्राजिलमा सम्पन्न विश्वकपमा पनि स्नाइडरले नेदरल्यान्डलाई तेस्रो बनाउन सफल भएका थिए । उक्त विश्वकपअन्तर्गत अर्जेन्टिनाविरुद्धको सेमिफाइनलमा स्नाइडरले नै पेनाल्टी अवसर गुमाउँदा नेदरल्यान्ड्स लगातार दोस्रो पटक फाइनल पुग्नबाट वन्चित भएको थियो । तर, तेस्रो स्थानको खेलमा नेदरल्यान्ड्सले ब्राजिलमाथि ३–० को जित निकालेको थियो ।

स्नाइडरका लागि क्लब फुटबलमा पनि सन् २०१० को वर्ष निकै यादगार बनेको थियो । सो वर्ष स्नाइडरले निकै उत्कृष्ट प्रर्दशन गर्दा उनको टोली इन्टर मिलानले च्याम्पियन्स लिग, सिरी ‘ए’ र कोटा इटालियाको उपाधि जितेको थियो ।

त्यसअघि सन् २००२ मा आयाक्सको एकेडेमीबाट क्लब करियर सुरुआत गरेका उनी त्यसको पाँच वर्षभित्र नै रियाल मड्रिडको यात्रा तय गर्न सफल भएका थिए । सन् २००८ मा रियाल छोडेर उनी जोसे माउरिन्होको नेतृत्वमा रहेको मिलान पुगेका थिए । तर, क्लब फुटबलमा उनले कतारको अल घराफबाट खेल टुंग्याएका थिए ।

प्रतिक्रिया