सोमपालआबद्ध टोली फाइनलमा

काठमाडौं । सनसनीपूर्ण दोस्रो क्वालिफायरमा ब्राम्पटन वुल्भ्सलाई पराजित गर्दै विन्नीपेग हक्स ग्लोबल ट्वान्टी–२० क्यानडाको फाइनल प्रवेश गरेको छ । ब्राम्पटनले टस जितेर ब्याटिंग गर्दै दिएको दुई सय एक रनको लक्ष्य विन्नीपेगले अन्तिम बलमा भेटाउँदै रोमान्चक जित हासिल गरेको हो । अब प्रतियोगिताको फाइनल खेल विन्नीपेग हक्स र भान्कुभर नाइट्स बीच आज राति ११ः४५ बजे खेलिनेछ । भान्कुभरले पहिलो क्वालिफायरमा ब्राम्पटनलाई पराजित गर्दै फाइनल पुगीसकेको थियो । यस्तै विन्नीपेगले एलिमिनेटरमा टोरोन्टोलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको थियो ।

दुई सय एक रनको लक्ष्य पछ्याउने क्रममा विन्नीपेग ओपनर शैमन अनवर र क्लेरिस लिनले विस्फोटक सुरुवात दिलाए । अनवर सातौँ ओभरमा आउट हुनुअघि ५२ रन बनाए जुन क्रममा मात्र २३ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । युएई खेलाडी अनवरले २१ बलमा अर्धशतक पूरा गरे जुन क्रममा बहाव रियाजले गरेको पाँचौँ ओभरमा एक छक्का र तीन चौका मदतले १८ रन बनाए ।

पहिलो विकेटको लागि लिन र अनवर बीच ६ दशमलव १ ओभरमा ७६ रनको साझेदारी भयो । लिन ३५ रन (२० बलमा ३ छक्का र ३ चौका) बनाएर आठौँ ओभरमा अफ्रिदीबाट आउट भए । त्यसपछि तेस्रो विकेटको लागि जेपी डुमिनी र सन्नी सोहलले ६९ रनको साझेदारी गरे । सोहललाई १७औँ ओभरमा रियाजले क्याच आउट गर्दै खेलमा फर्काए । सोहलले ३२ बलमा ४१ रन बनाए । तर त्यसपछि डुमिनी र ड्वेन स्मिथले विकेट नदिई विस्फोटक इनिंग खेल्दै टिमलाई जिततर्फ डो¥याए ।

अन्तिम २ ओभरमा जितको लागि विन्नीपेगलाई २७ रन आवस्यक थियो जुन बेला वहाव रियाजले गरेको १९ औँ ओभरको पाँचौँ र छैठौँ बलमा ड्वेन स्मिथले लगातार छक्का प्रहार गरेका थिए । त्यसपछि अन्तिम ओभरमा जित्न १३ रन आवश्यक रह्यो। अन्तिम ओभरमा बलिंग गर्न आए सिसिल परभेज जसको पहिलो बलमा डुमिनिले दुई रन लिए भने दोश्रो बलमा एक रन लिँदै स्मिथलाई स्ट्राइक दिए ।

तेस्रो बलमा स्मिथको प्याडमा लागेर चौका हुन पुग्यो । अब ३ बलमा ५ रन आवश्यक थियो जुन बेला चौथो बलमा स्मिथले १ रन मात्रै बनाउन सके । पाँचाँै बलमा डुमिनिले पोइन्टमा चौका प्रहार गर्दै जितको अन्तर १ बलमा १ रन पु¥याए । फिल्डर घेरेर बसे पनि डुमिनिले मिड विकेटमाथि प्रहार गर्दै १ रन लिए र टिमलाई जिताए । डुमिनिले अन्तिम बलमा अर्धशतक पूरा गरे र ३४ बलमा ३ चौका र ३ छक्का मदतले ५० रनमा अविजित रहे । स्मिथले ११ बलमा २ छक्का मदतले १७ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको ब्राम्पटनले सुरुवातदेखि लगातार अन्तरालमा विकेट गुमाए पनि मध्यक्रम र तल्लो क्रमका ब्याट्सम्यानहरूले योगदान दिंदा २० ओभरमा ७ विकेट गुमाएर २ सय रनको योगफल तयार गर्न सक्यो । ब्राम्पटनओ लागि कप्तान डेरेन स्यामीले सर्वाधिक ३३ ९ २२ बलमा ४ चौका र २ छक्का ०, बाबर हायातले ३२ रन ९२४ बलमा १ चौका र ३ छक्का० , शहिद अफ्रिदीले ३२ रन ९१६ बलमा १ चौका र ३ छक्का० बनाए । वहाव रियाजले अविजित २३ रन बनाए । विन्नीपेग बलर रायड इमरिटले सर्वाधिक ३ तथा कलिम सानाले २ तथा मोहम्मद इरफान र पल भान मिकीरनले १–१ विकेट लिए।

खेलमा अन्तिम–११ मा मौका नपाएता पनि सोमपालले फिल्डिंगमा भने मौका पाएका थिए। सब्सटिट्युट फिल्डरको रूपमा आएका उनले आक्रामक ब्याटिंग गरिरहेका शहिद अफ्रिदीको १९ औँ ओभरमा क्याच लिए । डिप कभरमा अफ्रिदीले प्रहार गरेको कडा प्रहारलाई सोमपालले क्याच गर्न कुनै गल्ति गरेनन् ।

अफ्रिदीले १६ बलमा ३ छक्का र १ चौका मदतले ३२ रन बनाएका थिए। नेपाली अलराउन्डर सोमपाल कामीले लिग चरणमा एडमोन्टन रोयल्सविरुद्ध एउटा खेलमा मात्र मौका पाएका थिए । उक्त खेलमा ब्याटिंगमा अविजित १ रन बनाएका सोमपालले बलिंगमा २ ओभरमा ३३ रन खर्चेर विकेटविहिन भएका थिए ।

प्रतिक्रिया