मधेसी समाज दक्षिण कोरियाको भ्रमण तयारी

दक्षिण कोरिया । छुसकको अवसरमा मधेसी समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको बृहत सांगितिक कार्यक्रम, भ्रमण तथा अवलोकनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् । बृहत सांगितिक कार्यक्रमसँगै समाजले सामुहिक पिकनिक, भ्रमण तथा अवलोकन कार्यक्रम समेतको आयोजना गरिएको मधेसी समाज दक्षिण कोरियाका अध्यक्ष अरविन्द मेहताले जानकारी दिए ।

यस कार्यक्रमले कोरियामा रहेका सम्पूर्ण तराईबासी मधेसीहरुमा आपसी सद्भाव र एकता कायम गर्नुका साथै प्रवासमा जनजिवनलाई कसरी रमाइलो बनाउन सकिन्छ भन्ने उदेश्यले यस कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक नरेश कुमार मेहताले बताए ।

हर्ष, उल्लास र मनोरञ्जनले भरिएको यसपालीको छुसकलाई विशेष तरिकाले मनाउनका लागी कोरियामै रहेका विभिन्न विधाका चर्चित कलाकारहरु गायक अरुण कुमार मेहता, रामकुमार मेहता, चर्चित डान्सर राजेश महतो, प्रकाश मेहता, विक्रान्त विक्रम तथा गजलकार कृष्णकुमार सिंह लगायतले स्टेजमा धामाका मच्चाउन सक्ने कलाकार भएकाले कार्यक्रम भब्य हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा उपस्थित भएर भरपुर मनोरञ्जन लिन कोरियामा रहेका नेपाली तराईबासी मधेसीहरुलाई समाजले आग्रह पनि गरेको छ । पिकनिक, माउन्टेन बाइकिङ, र्‍याफ्टिङ र १.२ किमिको लामो गुफा भ्रमण तथा अवलोकनको कार्यक्रम समेत रहेको समाजले जनाएको छ ।

सेप्टेम्बर १३ तारीखका दिन दाङ्याङमा गोसु गुफा नजिकै रहेको एसिजाङ हलमा आयोजना हुने उक्त कार्यक्रममा संस्थाको नयाँ कार्यसमिति पनि गठन हुने भएकोले प्रवासमा आपसी सद्भाव र एकता कायम गर्दै आफ्नो समुदाय र संस्कृतिको पहिचानलाई प्रवर्द्धनका लागि संगठित भएर अगाडि बढ्न इच्छा राख्ने सम्पूर्णलाई नयाँ कार्यसमितिको गठन प्रक्रियामा सक्रिय रूपले सहभागी भइदिनका लागी समाजले अपिल गरेको छ ।

स्टार रेमिटको सेवा

कार्यक्रममा कोरियामा पहिलो पटक नेपालीको लगानीमा संचालित स्टार रेमिटले स्टार रेमिटको एप दर्ता गर्ने सुविधा राखिएको जनाएको छ । स्टार रेमिटको एप दर्ता गर्दा पहिलो पटक ५ हजार वनको निशुल्क कुपन प्राप्त गर्न सकिने साथै सहभागी समपूर्ण साथीहरुलाई स्टार रेमिटको तर्फबाट लोगो सहितको निशुल्क टिसर्ट बितरण गरिने स्टार रेमिटका नेपाल प्रमुख अशोक मैनालीले जानकारी दिए ।

अटो डेविट र म्यानुअल दुवै प्रणाली भएकै कारण स्टार रेमिट अहिले कोरियाबासी नेपालीहरुमाझ अत्यधिक लोकप्रिय बन्दै गएको छ । एप दर्ताका लागि एलियन कार्ड, कोरियाको बैंक खाता, र पासपोर्ट आवश्यक पर्ने नेपाल प्रमुख मैनालीले बताए । सरल, छिटो र सुरक्षित सेवा दिदै आएको स्टार रेमिटको मुख्य कार्यालय दोगंदेमुन ३ नम्बर गेटसँगै रहेको छ । स्टार रेमिटमार्फत पैसा पठाउँदा नेपालको जुनसुकै बैंकबाट नगद भुक्तानी लिन सकिने नेपाल प्रमुख मैनालीले बताए ।

प्रतिक्रिया