ओडिसी र बिएनए क्वाटरफाइनलमा

काठमाडौं । आठौँ गोल्डेनपीक अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा ओडिसी र बिएनए स्कुल जुनियर ब्वाइजतर्फ क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।  आइतबार भएको लिग खेलमा ओडिसीले जुगल बोडिङ स्कुललाई २६–१० ले हराउँदा बसुन्धरा नेसनल एकेडेमी(बिएनए)ले जगत मन्दिरलाई ३५–१४ को स्कोरमा स्तब्ध बनाउँदै क्वाटर फाइनलमा स्थान सुरक्षित गरेका हुन् । ओडिसीको जितमा दिलसन मगरले १० स्कोर गर्दा बिएनएका सन्देश खड्काले सर्वाधिक १२ स्कोर गरेका थिए ।

जुनियर ब्वाइजतर्फ नै लालिगुराँस र एन्जल्सर्हाटले जित निकालेका छन् । चावहिल सरस्वतीनगरस्थित गोल्डेनपीक हाईस्कुलकोे कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा ग्रिनल्यान्ड र एचएचसीएले जित निकालेका छन् । ग्रीनल्यान्डले वेबीलोनलाई ६३–४० को फराकिलो अन्तरले हरायो । ग्रिनल्यान्डको जितमा उत्कृष्ट प्रदर्शन गरेका राजिव आलेले सर्वाधिक ३३ स्कोर गरेका थिए ।

अन्सु राईको १२ स्कोरको सहयोगमा एचएचसीएले अक्षर एकेडेमीमाथि ४३–३९ स्कोरको संघर्षपूर्ण जित निकाल्यो । सिनियर गल्र्सको एक मात्र खेलमा रिलायन्स पब्लिकले आयरल्यान्ड एकेडेमीलाई १६–१० को स्कोरमा हराउँदा ओजस्वी निरौलाले सर्वाधिक १२ स्कोर गरिन् ।

प्रतियोगितामा जुनियर ब्वाइजतर्फ १२ टिम, सिनियर गल्र्सतर्फ ६ टिम र सिनियर ब्वाइजतर्फ १२ टिमले १७ गतेसम्म प्रतिस्पर्धा गर्ने छन् ।
लिग कम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको गल्र्स टिमलाई दुई समूहमा बिभाजन गरिएको छ भने ब्वाइजलाई चार समूहमा विभाजन गरिएको छ । जुनियर व्वाइजतर्फ ४ फिट १० इन्चसम्मको उचाइ निर्धारण गरिएको छ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलमा नेपाल बास्केटबल संघको प्राविधिक सहयोग रहेको छ ।

प्रतिक्रिया