खेल-खेलाडी

नेपाली तेक्वान्दोलाई आठ पदक

सौर्य अनलाइन २०७६ साउन ६ गते ७:४४ मा प्रकाशित

काठमाडौं । नेपालले मलेसियामा सम्पन्न सरावक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा समान एक स्वर्ण, रजत र ६ कांस्य पदक जितेको छ । मलेसियाको सारावाक कुचिङस्थित कुचिङ स्टेडियममा आइतबार सम्पन्न च्याम्पियनसिपमा नेपालले कुल एक स्वर्ण, एक रजत र ६ कांस्य पदक प्राप्त गरेको हो । सुप्रिमा बजगाईंले फाइटतर्पm महिला ३७ केजी तौलसमूहमा नेपाललाई स्वर्ण दिलाएको नेपाली टोलीका प्रमुख कुमार लामा घिसिङले जानकारी दिए ।

सुप्रिमाले फाइनलमा थाइल्यान्डकी स्वान्चुलाई २३–३ ले स्तब्ध बनाउँदै स्वर्ण पदक आफ्नो बनाइन् । नेपालले दुई रजत पदक जित्दा फाइटतर्पm महिला खेलाडीले एक दिलाएकी थिइन् । क्याडेटमै ४७ केजीमुनि पूजा कुँवरले रजत पदक जितेकी थिइन् । उनी फाइनलमा मलेसियाकी वानसुइसँग ३१–११ ले पराजित भएपछि स्वर्ण जित्ने सपना अधुरो बन्यो । जुनियरको फाइटमा अमर भुजेलले ७३ केजीमुनि रजत जितेका थिए ।

उनी फाइनलमा ताइपेइका रिसानुनसँग १५–६ ले पराजित भएका थिए । नेपालकै बिमला लामा फाइटकै ६२ केजीमुनि सेमिफाइनलमा स्तब्ध भएपछि कांस्यमै खुम्चिइन् । महिलाकै फाइटमा आस्था दाहाल ५२ केजीमुनि सिंगापुरकी हाजिमालीसँग १७–४ ले र अलिसा सुनुवार ३७ केजीमुनि मलेसियाकी तान युयानसँग १७–८ ले स्तब्ध भएपछि कांस्य पदकमै सीमित भए ।

पुरुषतर्पm फाइटमा अभिषेक कटुवाल क्षेत्री, कृतिक भण्डारी र कृश थापाले कांस्य पदक जित्न सफल भए । तीनै सेमिफाइनलमा स्तब्ध हुँदा ४५ केजीमुनिमा अभिषेक म्यानमारका रौलडांगिनसँग २३–६ ले, ३६ केजीमुनिमा कृतिक ताइपेइका माग्रेटसँग २५–४ ले र ३३ केजीमुनि कृश ताइवानका अल्भिन पिङसँग १९–१७ ले स्तब्ध भएको नेपाली टोलीका प्रमुख घिसिङले जानकारी दिए । कुमार लामा घिसिङको नेतृत्वमा रहेको नेपाली टोलीमा कुल १७ खेलाडीले प्रतिस्पर्धा गर्दा ११ पुरुष र ६ महिला खेलाडी रहेका थिए । नेपाली टोलीको प्रशिक्षणमा बब्लु सिवाकोटी छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय