शेर्पालाई गल्फको उपाधि

काठमाडौं । चौथो चरणको सूर्य नेपाल गोकर्ण मन्थली मेडलको उपाधि आङ डेन्डी शेर्पाले जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार भएको खेलमा १० ह्यान्डिक्यापका शेर्पाले सात अन्डर ६५ नेट स्कोरसहित उपाधि आफ्नो बनाए ।  कोरियन गल्फर यु जाइ ली कुल ६ अन्डर ६६ नेट स्कोर गर्दा दोस्रो स्थानमा खुम्चिए । कर्नेल अभानिस छाम्बियाल तेस्रो भए । उनले चार अन्डर ६८ को कार्ड बनाएका थिए । वाङचेन धोन्डुपले बेस्ट ग्रसको ट्रफी आफ्नो बनाउन एक अन्डर ७१ को ग्रस स्कोर बनाएका थिए । यता, जुनियरतर्पm सदभाव आचार्य पहिलो भए ।

उनले तीन ओभर ७५ को नेट स्कोर बनाएका थिए । प्रतियोगितामा कुल ४२ गल्फरको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेतालाई गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेलगायतले पुरस्कृत गरेका थिए । सूर्य नेपाल प्रालिको प्रायोजनामा भएको प्रतियोगिता स्ट्रोक प्ले फरम्याटमा सञ्चालन भएको थियो ।

क्लब च्याम्पियनसिपका लागि यो प्रतियोगिता आगामी डिसेम्बरसम्म हुने १० चरणमा हुनेछन् । प्रत्येक चरणका नेटतर्पm १०, ग्रसमा ५ र जुनियरमा ५ गल्फरलाई अंक प्रदान गरिनेछ । एक चरणमा नेटतर्पm पहिलो हुनेले १०० अंक, दोस्रोले ६० अंक, तेस्रोले ४० अंक र चौथोले ३५ अंक, पाँचौँले ३० अंक र छैटौँदेखि दशौँ हुनेले क्रमशः २५, २०, १५, १० र ५ अंक प्राप्त गर्नेछन् ।

एक चरणको ग्रस र जुनियरका शीर्ष पाँचले भने क्रमशः १०० अंक, ६०, ४०, ३५ र ३० अंक प्राप्त गर्नेछन् । १० चरणको खेल समाप्तीपछि नेटतर्पm शीर्ष ४०, ग्रसका शीर्ष १० र जुनियरका शीर्ष पाँच स्थान रहेर छनोट टुङगाउने गल्फरले क्लब च्याम्पियनसिपमा खेल्न पाउनेछन् । फाइनल चरण्को क्लब च्याम्पियनसिप भने सन् २०२० को जनवरी र फेब्रुवरीमा गरी दुई चरणमा हुनेछन् ।

चौथो चरणको समाप्तीसम्म अभानिस छाम्बियालले शीर्षमा अग्रता बनाउँदा नेटतर्पm १ सय २० अंक बनाएका छन् । दोस्रोका जोसेफ नाथनले १ सय १५ अंक र तेस्रोका बाबु शेर्पाले १ सय ५ अंक बनाउँदा आङ डेन्डी शेर्पा, रवीन्द्रराज पाण्डे र विजयी इनहास श्रेष्ठले समान सय अंक बनाउँदा चौथो स्थानका लागि अग्रता बनाएका छन् ।

वाङचेन धोन्डुपले सातौँ स्थानका लागि ७५ अंक, प्रद्युम्न सिंखडाले आठौँका लागि ७० अंक तथा दावा सोनम शेर्पा र यु जाइ लीले नवौँ स्थानको अग्रता ६० अंक बटुलेका छन् । ग्रसतर्पm वाङचेनले २ सय ९५ अंकका साथ अग्रता बनाउँदा उनका दाजु टासी छिरिङले २ सय ४० अंकका साथ पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा रहेका विजयी इनहास श्रेष्ठले १ सय ६० अंक र चौथो स्थानका बाबु शेर्पाले ६० अंक बटुलेका छन् । जुनियरतर्पm अग्रता बनाएका सदभाव आचार्यले ३ सय अंक बनाउँदा दोस्रो स्थानका मायांका दाहाललाई १ सय ६० अंकले पछाडि छोडे । शाश्वत प्रधानले १ सय २० अंक र श्रयोग बस्न्यातले ४० अंकका साथ क्रमशः चौथो र पाँचौँ स्थानका लागि अग्रता बनाएका छन् ।

प्रतिक्रिया