पाकिस्तानी क्रिकेट छनोटप्रमुखद्वारा राजीनामा

एजेन्सी, इस्लामावाद । पाकिस्तानी क्रिकेट टिमका प्रमुख छनोटकर्ता इन्जमाम उल हकले पदबाट राजीनमा दिएको घोषणा गरेका छन् । बुधबार पाकिस्तानका पूर्व क्रिकेटरसमेत रहेका उनले पदबाट राजीनामा दिएको घोषणा गर्दै आफ्नो कार्यकाल ३० जुलाईसम्म मात्रै हुने प्रष्ट पारे । उनले भने मेरो कार्यकाल ३० जुलाईसम्म मात्रै हो त्यसपछि म पदमा रहन्नँ ।’ उनी २०१६ मा पाकिस्तानी क्रिकेट टिमको प्रमुख छनोटकर्ता बनेका थिए । आइसिसी विश्वकपमा टिमको प्रदर्शनका कारण उनी पनि आलोचित बनेका थिए ।

बुधबार लाहोरमा पत्रकार सम्मेलन गरी कार्यकाल बढाउने पक्षमा आफू नरहेको पनि प्रष्ट पारे । उनले सेप्टेम्बरमा हुने आइसिसी विश्व टेस्ट च्याम्पियन, २०२० मा टी–२० विश्वकप र २०२३ को विश्वकपका लागि तयारी गर्न अहिले नै नयाँ विचार भएको व्यक्ति ल्याउनु पर्ने बेला आएको पनि उल्लेख गरे ।

प्रतिक्रिया