पाकिस्तानी क्रिकेटरविरुद्ध मुद्दा

एजेन्सी, कराँची । आइसिसी विश्वकप क्रिकेटको समूह चरणबाट पाकिस्तान बाहिरिएर घर फर्किसकेको छ । तर पाकिस्तानी समर्थकहरूले विश्वकपमा टिमको प्रदर्शनलाई लिएर अझै आलोचना गर्न भने छाडेका छैनन् । खासगरि उनीहरूको निशानामा अलराउन्डर शोयब मलिक परेका छन् । भारतविरुद्धको खेल अघि मलिक पारिवारिक जमघटमा रहेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

सोही पार्टीको फोटोका कारण अदालतमा मुद्दा परेको छ । मलिक श्रीमती सानिया मिर्जासँग देखिएका छन् । पाकिस्तानको सिन्ध हाई कोर्टमा पाकिस्तानका वकिल अब्दुल जलील मारवाले शोयब र उनकी श्रीमती सानिया मिर्जा, वहाव रियाज, इमाम उल हक र सरफराज अहमदविरुद्ध मुद्दा दायर गरेका हुन् । निवेदनमा आफूलाई उनले पाकिस्तान क्रिकेटको सबैभन्दा ठूलो प्रशंसक भनेर दाबी गरेका छन् । पाकिस्तानी खेलाडीको खराब प्रदर्शनका कारण भारतसँग पराजित भएको दावी गरिएको छ ।

भारतविरुद्धको महत्वपूर्ण खेलमा शोयब सून्यमा आउट भएको, हकले ७ रन बनाएको र वहाबले १ विकेट लिएको भन्दै आरोप लगाइएको छ । निवेदनमा बच्चाका अगाडि हुक्का सेवन गर्नु अपराध भएको उल्लेख गरिएको छ । त्यसैले उनीहरूलाई कारबाही गर्न माग गरिएको हो । निवेदनकर्ताले अहिलेसम्म किन पाकिस्तान क्रिकेट बोर्डले कारबाही नगरेको भन्दै विपक्ष बनाइएको छ ।

प्रतिक्रिया