एजेन्सी, ब्राजिल । ब्राजिलका गोलरक्षक एलिसन बेकरका लागि यो सिजन निकै यादगार रह्यो । लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने उनी रोमाबाट यही सिजनमात्र लिभरपुलमा अनुबन्धन भएका थिए । २६ वर्षे एलिसनले सन् २०१३ मा ब्राजिलको सिनियर टिम इन्टरनेसनलबाट आफ्नो व्यावसायिक फुटबल करियरको सुरुआत गरेका थिए । तीन वर्ष इन्टरनेसनलमा खेलेपछि उनी रोमामा दुई वर्षसम्म रहे ।
सन् २०१८ को जुलाइ १९ मा ६६.८ मिलियन युुरोमा उनी लिभरपुलमा आएका थिए । उनी आजसम्मकै सबैभन्दा महँगा गोलरक्षक हुन् । तर पछि उनको रेकर्ड चेल्सीका गोलरक्षकले तोडे । अगस्ट १२ मा भएको वेस्ट ह्यामविरुद्ध खेलबाट उनले डेब्यू गरेका हुन् । उको डेब्यू खेलमा नै लिभरपुलले ४–० गोल अन्तरले वेस्टह्यामलाई पराजित गरेको थियो । यसैगरी क्रिस्टल प्यालेस र ब्रिघटनविरुद्धको खेलमा तीनवटा क्लिन सिट जम्मा गरेका थिए ।
उनी युईएफए च्याम्पियन लिग गोलकिपर अफ द सिजनको अवार्डद्धारा सम्मानित भए । लिभरपुलले सिजनको सुुरुवातदेखि नै २० लिग खेलमा एक गोल नखाईकन जितेका थिए । यसैगरी एलिसनले च्याम्पियन लिग ग्रुप स्टेज क्याम्पेनमा लिभरपुलका लागि नक आउट चरणमा नापोलीविरुद्ध १–० ले जित हासिल गराउन महत्वपूर्ण भूमिका निर्वाह गरे । एलिसनले आफ्नो सिजनको अन्त्यमा २१ वटा प्रिमियर लिग क्लिन सिट जम्मा गरेका थिए ।
जसले गर्दा उनले लिग गोल्डेन ग्लोब अवार्डद्वारा सम्मानित भए । बेकरको महत्वपूर्ण योगदानले लिभरपुलले १२ वर्ष पछि युईएफए च्याम्पियन लिग जित्यो । भर्खरै ब्राजिलमा सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगितामा उनले घरेलु टोलीलाई आठौं पटक उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेले । प्रतियोगिताका सबै खेलमा गरी पाँचवटा क्लिन सिट जम्मा गरेका उनले गोल्डेन ग्लोब अवार्ड पाए ।
उनले प्रिमियर लिगमा पहिलो सिजन गोल्डे ग्लोब हात पार्न सफल भए । त्यस्तै च्याम्पियन्स लिगमा पनि उनले गोल्डेन ग्लोब पाउँदा कोपा अमेरिकामा पनि जादुमय प्रदर्शन गर्दै गोल्डेन ग्लोब जित्न सफल भए । एलिनसनले २०१८–१९ को पूरै सिजनमा तीन वटा गोल्डेन ग्लोब जित्न सफल भएका छन् । उनी विश्व फुटबल इतिहासमा एउटै सिजन तीन गोल्डेन ग्लोब जित्ने पहिलो गोलरक्षक हुन् ।
प्रतिक्रिया