स्वास्थ्यमा सबैको पहुँच हुँदैछः यादव

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आम जनतामा आधारभूत स्वाथ्य सेवा पु¥याउन मन्त्रालयले विभिन्न योजना बनाएर काम गरिरहेको बताएका छन् ।

उनले अति विपन्न समुदायलाई स्वास्थ्य सेवाका लागि गरिने बिमाको प्रिमियम सरकारले व्यहोर्ने समेत जानकारी दिएका हुन् । विनियोजन विधेयक, २०७६ अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकको विनियोजन बजेट र कार्यक्रमबारे राष्ट्रियसभामा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री यादवले भने, ‘अहिले ४६ जिल्लामा स्वास्थ्य बीमा सञ्चालनमा रहेको छ, स्वास्थ्य क्षेत्रलाई छुट्याएको बजेटले सबैलाई स्वास्थ्य सेवा पु¥याउन कठिन छ, यद्यपि स्वास्थ्यमा सबैको समतामूलक पहुँच विस्तार गर्र्ने प्रयास भइरहेको छ, अब हरेक स्थानीय तहमा कम्तीमा एक स्वास्थ्य संस्था पु¥याउने लक्ष्य छ ।’

त्यस्तै, साबिकका जिल्ला अस्पताललाई द्वितीय श्रेणीको अस्पतालमा स्तरोन्नति गरी स्त्री, बाल र शल्यचिकित्सा विज्ञसहितका जनशक्ति उपलब्ध गर्ने काम भइरहेको समेत जानकारी दिए । उनले सुदूरपश्चिमको डोटी र वीरगञ्जस्थित नारायणी अस्पताललाई संघीय अस्पतालसरह स्तरोन्नति गरी विशिष्टकृत अस्पतालका रूपमा सञ्चालनको प्रयास भइरहेको जानकारी दिए । उपप्रधानमन्त्री यादवले थपे, ‘वीर अस्पतालप्रति जनताको ठूलो आशा, भरोसा र विश्वास छ, अहिले त्यहाँ दैनिक दुई हजार दुई सयले सेवा लिइरहेका छन्, अस्पतालको सिटिस्क्यान र एमआरआई सेवा अहिले राम्रोसँग सञ्चालनमा आइरहेको छ ।’

त्यस्तै देशभर अहिले ८० वटा सर्पदंश केन्द्र सञ्चालनमा रहेको तथा स्वास्थ्यसंस्थाबाट प्रदान गर्ने सेवाको गुणस्तरका लागि मापन तयार गरिएको बताए । उनले एक चिकित्सक एक स्वास्थ्य संस्थाको अवधारणा लागू गरिने प्रतिबद्धतासमेत व्यक्त गरे । त्यस्तै, एकअर्को फरक प्रसंगमा आयुर्वेद छाँयामा नपरेको भन्दै गुणस्तरीय सेवा प्रदान गर्न दक्ष जनशक्ति, अत्याधुनिक प्रयोगशाला र उपकरण आवश्यक पर्ने तर हाल आफूहरुसँग दक्ष जनशक्ति, अत्याधुनिक प्रयोगशाला र उपकरणहरु कमजोर अवस्थामा रहेको सुनाए ।

प्रतिक्रिया