दक्षिण अफ्रिकासँग अस्ट्रेलिया स्तब्ध

एजेन्सी, लन्डन । विश्वकपअन्तर्गत लिग चरणको अन्तिम खेलमा अस्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको छ । दक्षिण अफ्रिकाले दिएको ३२६ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया एक बल बाँकी हुँदा ३१५ रनमा अलआउट भयो । साविकको विजेता अस्ट्रेलियालाई हराउँदा कप्तान फाप डु प्लेसिसको इनिङ निकै महत्पूर्ण रह्यो । उनकै सतक प्रेरित खेलमा दक्षिण अफ्रिकाले निर्धारित ओभरको समाप्तिमा ६ विकेट गुमाएर दिएको ३ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पछ्याउने क्रममा अस्ट्रेलिया निर्धारित ५० ओभर सकिन १ बल बाँकी रहँदा सबै विकेट गुमाएर मात्र ३ सय १५ रन जोड्न सक्यो । १० रनले स्तब्ध हुँदा अस्ट्रेलियाको शीर्ष बन्दै सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने लक्ष्य अधुरो रह्यो ।

टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि तीन ब्याट्सम्यान मध्ये एक ब्याट्स म्यानले सतकीय र दुईले अर्धसतकीय इनिङ खेल्दा अस्ट्रेलियाले ३ सय २६ रनको लक्ष्य पाएको थियो । अन्तिम चारमा प्रवेश गरेको टोलीविरुद्ध राम्रो खेलेको दक्षिण अफ्रिकाका लागि ओपनर क्विनटन डि ककले ५२ रनको योगदान गर्दा रासि भान डेर डुसेनले ९५ रनको व्यक्तिगत स्कोर गरेका थिए । पाँच रन बाट सतकीय इनिङबाट चुनेका डुसेनले ४ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै डि ककले ५१ बलको सामना गर्दा ७ चौका प्रहार गरेका थिए । अर्का ओपनर एइडेन मार्कराम लायनको बलमा ३४ रनमा स्टम्पीङ हुँदा जेपि डुमिनी १४ रनमा पवेलियन फर्किएका थिए ।

दक्षिण अफ्रिकाको ६ विकेट हात पार्दा मिचेल स्र्टाक र नाथन लायनले समान २ विकेट लिए भने प्याट कमिन्स र जसन बेहेन्ड्रोफको नाममा एक÷एक विकेट रह्यो । जवाफी ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ओपनर डेविड वार्ननर सतकीय इनिङ खेल पनि जितका लागि पर्याप्त भएन् । १ सय १७ बलको सामना गरेको वार्नर १ सय २२ रनको व्यक्तिगत स्कोर बनाउँदा कप्तान ३ रनमै पवेलियन फर्किदा अस्ट्रेलियाको इनिङ धरमराएको थियो । त्यसपछिका चार ब्याट्सम्यानले ओपनर वार्ननरसँग राम्रो साझेदारी गर्न सकेनन् । पाँचौ नम्बरमा एलेक्स क्यारेले ५ रनको व्यक्तिगत स्कोर बनाउँदा धरमराएको अस्ट्रेलियाको इनिङ सम्हालिएको थियो । मार्कुस स्टुनिस २२ रनमा रनआउट हुँदै पवेलियन फर्किदा ग्लेन म्याक्सवेल १२, उसमान ख्वाजा १८, मिचेल स्र्टाक १८ रनमा रबडाको बलमा बोल्ड भएका थिए । जोसन बेहेन्ड्रोफ ११ रनमा अविजित रहे ।

अस्ट्रेलियालाई रोक्न दक्षिण अफ्रिकाका कागिसो रबाडाले सर्वाधिक ३ विकेट हात पार्दा डुवाने प्रिटोरिउस र एन्डिली फेलुकायोलेले समान २ विकेट लिए । यस्तै क्रिस मोरिस र इमराजन ताहिरको नाममा एक÷एक विकेट रह्यो । अस्ट्रेलियाको तालिकामा १४ अंक हुँदा भारत १५ अंकका बनाउँदै शीर्ष टोली बनेको हो । इङ्ल्यान्ड १२ अंकका साथ तेस्रो बन्दा न्युजिल्यान्डले ११ अंक बटुल्दै चौथो टोली बनेको हो ।

प्रतिक्रिया