एजेन्सी, अफ्रिका । अफ्रिका कप अफ नेसन्सअन्तर्गत समूह ‘डी’बाट मोरक्को र आइभरी कोस्ट प्रिक्वार्टरफाइनलमा पुगेका छन् । तीन खेलमा जित हात पार्दै मोरक्को समूहको विजेता बन्यो भने आइभरी कोस्ट दुई जितका साथ उपविजेता बनेको छ । सोमबार राति भएको खेलमा मोरक्कोले दक्षिण अफ्रिकालाई १–० ले हरायो । मोरक्कोको जितमा एमबार्क बाउसोफाले ९०औँ मिनेटमा गोल गरेका थिए । आइभरी कोस्टले नामिबियालाई ४–१ ले हरायो । आइभरी कोस्टको जितमा म्याक्स एलेन ग्राडेलले ३९औँ मिनेटमा, सेरेस्सो डाईले ५८औँ मिनेटमा, विल्फ्रेड जाहाले ८४औँ मिनेटमा र म्याक्सवेल कोर्नेटले ८९औँ मिनेटमा गोल गरेका थिए ।
नामिवियाका लागि कामातुकाले ७१औँ मिनेटमा गोल गरेका थिए । समूह ‘सी’बाट अल्जेरिया र सेनेगल प्रिक्वार्टरफाइनलमा पुगे । साडियो मानेको दुई गोल सहयोगमा सेनेगलले केन्यालाई ३–० ले पराजित गर्दै समूह ‘सी’ बाट उपविजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । एक गोल इस्माइला सारले थपे ।
३० जुन स्टेडियममा सोमबार राती नै भएको खेलमा सेनेगलले खेलको २९औँ मिनेटमा अग्रता लिने अवसर खेर फालेको थियो । सालउ सिसलाई पेनाल्टी बक्समा मुसा मेहम्मदले लडाएपछि प्राप्त पेनाल्टीमा साडियो माने चुकेका थिए । खेलभर नै केन्यालाई दबावमा राखेको सेनेगलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।
६३औँ मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई सुरुआती अग्रता दिलाए । ७१औं मिनेटमा साडियो मानेले सेनेगलको अग्रता दोब्बर बनाए । ७६औँ मिनेटमा केन्या १० खेलाडीमा समेटियो । फिलमोन ओटिनो दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । सुरुवातमै पेनाल्टी चुकाएका मानले ७८औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगलको ३–० को जित पक्का गरे ।
यही समूहको अर्काे खेलमा अल्जेरियाले तान्जिनियालाई ३–० ले पराजित गर्दै समूह ‘सी’ बाट समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको छ । समूहमा शतप्रतिशत जित निकालेको अल्जेरियाको सहज जितमा एडाम औनासले २ तथा इस्लाम स्लिमानीले १ गोल गरे । यो समूहबाट केन्या र तान्जिनिया बाहिरिए । मानेले ७१औंँ र ७८औँ मिनेटमा गोल गरेका थिए । त्यसअघि इस्माइला सारले ६३औँ मिनेटमा गोल गरेका थिए ।
यस समूहबाट अल्जेरिया तीनै खेलमा जित निकाल्दै समूहको विजेता बन्यो । अन्तिम खेलमा अल्जेरियाले तान्जनियालाई ३–० ले हरायो । अल्जेरियाको जितमा एडम ओउनसले दुई गोल गरे । उनले खेलको ३९औँ र पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए । त्यसअघि ३४औँ मिनेटमा स्लाम स्लिमानीले गोल गर्दै अल्जेरियालाई अग्रता दिलाएका थिए ।
प्रतिक्रिया