काठमाडौं । एसीसी यु–१९ इस्टर्न रिजन च्याम्पियनसिपमा सहभागी तीन ओटै टिमका कप्तानले आफूहरूले उपाधि जित्ने दाबी गरेका छन् । मंगलबारबाट सुरु हुने प्रतियोगिताका लागि आयोजना भएको प्रिम्याच कन्फ्रेन्समा बोल्दै सात ओटै टिमका कप्तानहरूले आफूहरू मलेसिया उपाधि उचाल्नका लागि आएको बताए ।
प्रतियोगितामा म्यानमारले अन्तिम समयमा नाम फिर्ता लिएको थियो । चीनका कप्तानले यसपटक टिमले सरप्राइज नतिजा निकाल्ने बताए । यस्तै हङकङका कप्तानले आफूहरूले यो प्रतियोगिताका लागि चार महिनाको तयारी गरेको र पाँच दिन अगाडी मलेसिया आएर एउटा अभ्यास खेल पनि खेलेको बताए । नेपाली टिमका कप्तान रोहित पौडेलले दश दिनको तयारीका बाबजुद पनि टिमको लक्ष्य उपाधि नै रहेको र त्यसका लागि तयार रहेको बताए ।
प्रतियोगिताको समूह ’ए’ मा नेपालसहित चीन र सिंगापुर रहेका छन् । सिंगापुरका कप्तानले आफ्नो टिम युवा खेलाडीले भरिएको रहे पनि सुखद नतिजाका लागि मलेसिया आएको बताए । यसका साथै उनले राम्रो टिमले उपाधि जित्नेमा विश्वस्त रहेको बताए । यो प्रतियोगिताको विजेताले श्रीलंकामा हुने यू–१९ एसिया कपमा सहभागिता जनाउने छ ।
प्रतिक्रिया