अर्जेन्टिना र ब्राजिलबीच सेमिफाइनलमा भिडन्त

एजेन्सी, ब्राजिल । अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वार्टरफाइलमा भेनेजुएलालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो । अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेज र जिओभानी लो सेल्सोले समान एक गोल गरेका थिए ।

कोलम्बियासँग २–० को हारबाट प्रतियोतितामा खराब सुरुआत गरेको अर्जेन्टिनाले दोस्रो खेलमा पाराग्वेृसँग १–१ को बराबरी खेलेको थियो भने अन्तिम खेलमा पाहुना टोली कतारलाई २–० ले हराउदै समूह उपविजेताको रुपमा अन्तिम ८ मा प्रवेश गरेको थियो । ‘ब्राजिल र अर्जेन्टिनाबीचको भिडन्त रोचक हुनेछ तर दुवै टोली मध्ये एक टोली बलियो छ भन्न कठिन छ किनभने कोपा अमेरिका यस्तो प्रतियोगिता हो जाहाँ जुनसुकै टोली अन्य टोलीलाई निराश पार्न सक्षम छन,’मेसीले भने, ‘हामी उनीहरुलाई सम्मान गर्छोै र उनीहरु बलियो टोली हुन् भन्ने समेत थाहा छ ।’

ब्राजिल पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अन्तिम ४ मा प्रवेश गरेको थियो ।‘हामी स्वभाविक लयमा छाँै र हामीले अझै सुधारिएको प्रदर्शन गर्न आवश्यक छ,’मेसीले भने, ‘मैले व्यत्तिगतरूपमा भने स्वभाविक लयको प्रदर्शन गर्न सकिरहेको छैन ।टोलीमा कुनै समस्या छैन र ब्राजिलविरुद्ध कडा प्रतिस्पर्धा हुनेमा कुनै दुबिधा छैन ।’
मेसीले ब्राजिलमा जारी प्रतियोगिताका खेलाइएको रंगशाला स्तरीय नभएको बताए । यसअघि ब्राजिलका प्रशिक्षक टेटेले समेत मैदान खेल्न लायक नभएको बताएका थिए ।

‘यहाँ खेल्न निकै कठिन छ र मैदान स्तरीय छैन ।त्यसैले सबै खेलाडी बल नियन्त्रणमा लिन असफल भइरहेका छन,’मेसीले भने । खेलको १० औँ मिनेटमा मार्टिनेजले गरेको गोलमा ब्राजिलले अग्रता लिएको थियो । ७५ औँ मिनेटमा लो सेल्सोले बललाई जाली चुमाएसँगै अर्जेन्टिनाको अघिल्लो चरणले औपचारिकता पाएको थियो ।

भेनेन्जुएलाका प्रशिक्षक राफेल डुडामेलले कोपा अमेरिकाबाट टोली बाहिरिए पनि प्रतियोगिता २०२२ को कतार विश्वकप छनोटका लागि फलादायी हुने बताए । ‘हामीले प्रतियोगिताबाट बाहिरिनु पिडादायी भएपनि हामीले धेरै पाठ सिकेका छौँ ,जुन आगामी दिनहरूमा फलदायी बन्ने छ,’डुडामेलले भने । शुक्रबारै भएको अर्को खेलमा साबिकको विजेता चिली कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउदै सेमिफाइनल प्रवेश गरेको छ ।

निर्धारित समयको खेल गोलहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा कोलम्बियाका हामेस रोडरिग्वेज, इर्बिन कार्डोना, हुँवा क्वार्डाडो र यारी मिना सफल भए भने विलियाम टेलिसोको प्रहार बाहिरएको थियो । चिलीका अर्टुरो भिडाल,इड्वार्डो भागस,इरिक पुलगार,चाल्र्स आरानग्वेज र एलेक्सिस सान्चेजले बललाई पोस्टको दिशा दिए ।

प्रतिक्रिया