एजेन्सी, लन्डन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एक दिवसीय अन्र्तराष्ट्रिय क्रिकेट (वान डे) को वरियता नेपाल खस्किएको छ । बिहीबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको छ ।
नेपाल यस अघि १४ औँ स्थानमा थियो । नयाँ वरियता अनुसार १४ औँ स्थानमा स्कटलल्यान्ड रहेको छ । नेपाल ८ खेलमा १ सय ५२ अंक र १९ रेटिङका साथ १५ औंँ स्थानमा पुगेको हो । नयाँ वरियताअनुसार भारत शीर्ष स्थानमा उक्लिएको छ ।
भारतले इंग्ल्यान्डलाई पछि पारेको हो । दोस्रो स्थानमा इंग्ल्यान्ड,तेस्रो स्थानमा न्युजिल्यान्ड र चौथो स्थानमा अष्ट्रेलिया छ । नेपालभन्दा पछि युएई १६ औँ र पप्पुवा न्युगिनी १७ औँ स्थानमा छ । टि ट्वान्टी वरियतामा भने नेपाल ११ औँ स्थानमा यथावत छ ।
वान डे मान्यतायता नेपालले हालसम्म ६ वान डे खेल खेलेको छ । पछिल्लो समय नेपालले गत माघमा यूएईसँग ३ वान डे सिरिज खेल्दै २–१ ले जितेको थियो । नेपालले त्यस यता भने कुनै वान डे खेल खेलेको छैन ।
प्रतिक्रिया