मनाङको सपना अधुरै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङले जितविहीन रहँदै एएफसी कपको यात्रा टुङ्याएको छ । घरेलु मैदानमा भएको समूहको अन्तिम खेलमा पनि मनाङ भारतको चेन्नइयन क्लवसँग ३–२ पराजित भयो । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा भारतीय क्लव चेन्नइयनको जितमा मोहम्मद राफिले दुई तथा इली साबीयाले एक गोल गरे । खेलको सुरुआत देखि नै मनाङ चेन्नइयन विरुद्ध केही दबावमा देखिएको थियो । यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको मनाङले सुखद नतिजाका साथ प्रतियोगिता टुंग्याउने लक्ष्य राखेपनि पुरै खेलमा डरलाग्दो आक्रमण भने गर्न सकेन ।

खेलको ४१औँ मिनेटमा चेन्नइयनका जेरी लालिन्जुआलाको प्रहार गोलरक्षक विशाल श्रेष्ठले बचाउँदै खेलमा गोल हुन दिएनन् । उनले वन भर्सेस वानमा राम्रो बचाउ गरे । त्यसअघि चेन्नइयनले लगातार आक्रमण बुनेपनि पोस्टमा भने अवसर बनाउन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको सुरुआतमा नै पाहुना टिमले अग्रता लियो ।

अनिरुद थापाको पासमा मोहम्मदले गोल गर्न सफल भए । पुरै खेलमा ६५ प्रतिशत बल पोसेसन राखेको चेन्नइयन विरुद्ध मनाङले ५ वाटा पोस्ट चार्ज गरेपनि गोल गर्न सकेन । पहिलो हाफको तुलनामा केही सुधारीएको प्रदर्शन गरेपनि मनाङले गोल खान भने छोडेन । ६६औँ मिनेटमा चेन्नेइयनका इली साबीयाले मोहम्मद राफीको पासमा गोल गर्दै टिमको अग्रता दुई शून्यमा पु¥याए । मनाङको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै उनले गोल गरे ।

तर ७१औँ मिनेटमा मनाङ गोल गर्दै अन्तर दुई एकमा झा¥यो । उसका लागि हेमन गुरुङको पासमा अफिज ओलाओलेले गोल गर्न सफल भए । त्यसपछि ७९औँ मिनेटमा ओलाओलेले नै हेमन गुरुङको पासमा गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । तर खेलेको अन्तिममा चेन्नेइयनले अर्को गोल थप्यो । उसकालागि मोहम्मद साफीले ब्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

जितसँगै चेन्नइयनले समूह ई को उपविजेताका रूपमा अर्को चरणमा स्थान बनाउने सम्भावना कायमै राखेको छ । उसले ६ खेलमा ११ अंकका साथ दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । उसले ६ खेलमा तीन जीत दुई बराबरी र एक हार व्यहोरेको थियो । यता मनाङले भने ६ खेलमा एउटामा पनि जित निकाल्न सकेन । उसले चार खेलमा हार व्यहोर्दा दुई बराबरी खेल्यो ।

प्रतिक्रिया