एसियन प्यासिफिक करातेमा समीरलाई कांस्य

काठमाडौं । नेपालका समीर खड्गीले म्यानमारमा भएको दोस्रो माचुसिमा एसियन प्यासिफिक क्योकुसिन कराते च्याम्पियनसिपमा कांस्यपदक जितेका छन् । म्यानमारको रंगुन सहरमा सोमबार भएको च्याम्पियनसिपमा म्यानमारकै खान्त फोन टेटलाई हराउँदै समिरले कांस्यपदक जितेको नेपाली टोलीका प्रमुख राजकुमार गुरुङले जानकारी दिए । समीरले १४ वर्षमुनि उमेर समूहको क्वार्टरफाइनलमा इन्डोनेसियाका स्टुवार्ट यावलाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका थिए ।

त्यसअघिको पहिलो चरणमा भने उनले घरेलु प्रतिद्वन्द्वी हेइन नान्द क्यावलाई पन्छाएको थिए । नेपाली टोलीका प्रशिक्षक सुमन गजुरेलले जानकारी दिए । समीरले यसअघि नेपालमै भएको जुनियर च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकाले सोही किसिमको लय अन्तर्राष्ट्रियस्तरमा पनि दोहो¥याउँदा पदक दिलाउन सफल भएइको नेपाली टोलीका नेतृत्व राजकुमार गुरुङले बताए ।

नेपालका लागि ७० केजीमाथि प्रतिस्पर्धा गरेका नारायणलाल मोक्तान भने पदकविहीन भए । नेपाली टोलीका प्रशिक्षक सुमन गजुरेल छन् । सोही च्याम्पियनसिपपश्चात् नेपाली टोलीका प्रमुख गुरुङले मंगलबारदेखि अन्तर्राष्ट्रिय पाँचौं डानको डान परीक्षासमेत दिने भएका छन् ।

प्रतिक्रिया