सप्तरी । अत्यन्त रोमाञ्चक फाइनल खेलमा मेहबुब आलम कप्तानीको रूपनी राईडर्सलाई पराजित गर्दै पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागनले मेयर कप सप्तरी प्रिमियर लिग दोश्रो संस्करणको उपाधि हात पार्न सफल भएको छ । उपाधिसहित डाक्नेश्वरीले २ लाख रुपैयाँ हात पा¥यो भने उपविजेता रुपनी राइडर्सले १ लाख रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको उत्कृस्ट खेलाडी डाक्नेश्वरी ड्रागन टिमका राहुल मण्डल चुनिए जसले १५ हजार रुपैयाँ पाए । उत्कृस्ट ब्याट्सम्यान रूपनी राइडर्सका सोनु अन्सारी तथा उत्कृस्ट बलर डाक्नेश्वरी ड्रागनका रोबिन सिंह घोषित भए । उत्कृस्ट बलर र ब्याट्सम्यानले १० हजार रुपैयाँ प्राप्त गरे । रुपनी राइडर्सका अनुज यादब उदयमान खेलाडी घोषित भए । जसले क्रिकेट ब्याट पुरस्कार पाए ।
सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुलको मैदानमा पहिले ब्याटिङ गर्दै रूपनीले दिएको १ सय १६ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले अन्तिम बलमा ८ विकेट गुमाएर जित्यो । जितको लागि एक समय २४ बलमा ३४ रन आवस्यक हुँदा कप्तान पुष्प थापाले ९ बलमा ३ छक्का प्रहार गर्दै २१ रन बनाएर टिमलाई जितनजिक पु¥याए । थापाको विकेटपछि खेल रोमाञ्चक अवस्थामा पुगेको थियो । डाक्नेश्वरीको जितमा ओपनर विशाल सुश्लिंगले सर्वाधिक ३८ रन बनाए ।
यस्तै कप्तान पुष्प थापाले २१, अविनाश कर्णले २० तथा राहुल मण्डलले १५ रन बनाए । रुपनी राइडर्सको बलिंगमा सैदुल्लाह अन्सारीले सर्वा्धिक ३ विकेट लिए । अनोज यादबले २ विकेट तथा प्रदिप पासवान र मेहबुब आलमले १र१ विकेट लिए । यस अघि पहिले ब्याटिंग गरेको रुपनीले २० ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाएको थियो । उसको लागि सन्तोष कार्कीले सर्वाधिक १९, सोनु अन्सारीले १८ , मुकेश यादबले १६ तथा हसिम अन्सारी, मेहबुब आलम र अनोज यादबले समान १४ रन बनाए ।
डाक्नेश्वरीको बलिंगमा दिपेश कंडेल, पुष्प थापा र प्रेम तामांगले २र२ विकेट लिए भने रोबिन सिंहले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच पुष्प थापा चुनिए । पुरस्कार वितरण राजविराज नगरपालिकाका मेयर सम्भुप्रसाद यादव, उपमेयर साधना झा र सप्तरी क्रिकेट संघका पुर्व अध्यक्ष शैलेश कुमार चौधरीलगायतले गरेका थिए । सप्तरी क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा कुल ५ टोलि सहभागी रहेका थिए ।
प्रतिक्रिया