चीनमा भूकम्प, १९ जना घाइते

एजेन्सी । चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन् । सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा शनिबार ५.४ म्याग्नीच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिए । घाइतेहरु सबैलाई उपचारका लागि तत्कालै नजिकैका अस्पतालहरुमा लगिएको छ ।

घाइतेहरुमध्ये कसैको पनि अवस्था गम्भीर र चिन्तजनक नभएको पनि उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । स्थानीय समय अनुसार शनिबार राति १०ः२९ बजेतिर भूकम्प आएको चिनियाँ भूगर्भ केन्द्रले जनाएको छ ।

प्रतिक्रिया