अमेरिकाको उत्कृष्ट लय

एजेन्सी, लि हार्भे । फिफा महिला विश्वकपको डिफेन्डिङ च्याम्पियन अमेरिकाले आफ्नो लय कायम राख्दै समूह चरणमा शतप्रतिशत जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा अमेरिकाले स्वीडेनलाई हराउँदै समूहको विजेता बनेको छ ।

अमेरिकाले स्विडेनलाई २–० ले हराउँदै प्रिक्वार्टर फाइनलमा स्पेनसँगको भेट पक्का गरेको छ । लि हार्भेमा भएको खेलको तेस्रो मिनेटमै लिन्डसे होरानले गोल गर्दै अमेरिकालाई अग्रता दिलाइन् । ५०औं मिनेटमा जोन्ना एन्डरसनले आत्मघाती गोल गरेपछि अमेरिकाले अग्रता २–० मा लम्ब्यायो । त्यही अग्रता कायम राख्दै अमेरिका विजयी भयो ।

न्यूजिल्याण्डलाई हराउँदै क्यामरुन पनि नकआउट चरणमा पुग्यो । अघिल्ला दुई खेलमा पराजित क्यामरुनले न्यूजिल्याण्डलाई २–१ ले हरायो । क्यामरुनको जितमा अजारा एनचाउटले दुई गोल गरिन् । पहिलो हाफ गोलरहित बनेको खेलको ५७औं मिनेटमा एनचाउटले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाइन् । ८०औं मिनेटमा अरुल्ले अवनाले आत्मघाती गोल गरेपछि न्यूजिल्यान्ड खेलमा फर्कियो ।

दोस्रो हाफको इन्ज्युरी समयमा एनचोउटले दोस्रो गोल गर्दा क्यामरुन अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । सेमिफाइनलमा जर्मनीविरुद्ध नाइजेरिया, नर्वे भर्सेस अस्ट्रेलिया, इंग्ल्यान्डविरुद्ध क्यामरुन, फ्रान्स भर्सेस ब्राजिल, स्पेन भर्सेस अमेरिका, स्वीडेन भर्सेस क्यानडा, इटाली भर्सेस चीन र नेदरल्याण्ड्सले जापानको सामना गर्नेछ ।

प्रतिक्रिया