वर्षाका कारण खेल स्थगित

 

कठमाडौं । सप्तरीको राजविराजमा जारी मेयर कप सप्तरी प्रिमियर लिग–२ अन्तर्गत बिहीबारको दुवै खेल वर्षाले भिजेको मैदानका कारण स्थगित भएका छन् । बजाज खडक वारियर्स र रुपनी राइडर्स तथा बोदे बर्साइन थण्डर्स र तिलाठी कोइलाडीबीचको खेल टस पनि नभइ रोकिँदा ४ वटै टिमले १–१ अंक बाँड्न बाध्य भए ।

बिहिबार बिहान परेको अविरल वर्षाले मैदान पूर्णतया भिजेपछि नेपाली सेना तथा आयोजक सप्तरी क्रिकेट संघले दिनभर मैदान सुकाउने प्रयास गरेको थियो । उक्त प्रयासका वावजुद फिल्ड खेल्न योग्न नभएको म्याच रेफ्रीले घोषणा गरेका थिए । खेल नभएपछि अंकतालिकामा रुपनी राइडर्स ३ खेलमा २ जित र १ बराबरी अंक सहित ५ अंक सहित शीर्ष स्थानमा रहेको छ। यस्तै बोदे बर्साइन ३ खेलमा १ जित १ हार र १ बराबरी अंक सहित ३ अंक बटुली दोश्रो स्थानमा रहेको छ ।

बजाज खडक वारियर्सको भने ३ खेलमा २ हार र १ खेल बराबरी हुँदा उत्कृष्ट २ हुँदै फाइनल पुग्ने सम्भावना सकिएको छ । प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार रुपनी राइडर्स र बोदे बर्साइन थन्डर्सबीच पहिलो तथा डाक्नेश्वरी ड्रागन र बजाज खडक वारियर्सबीच दोश्रो खेल हुनेछ । सप्तरी क्रिकेट संघको आयोजना र राजविराज नगरपालिकाको मुख्य प्रयोजनमा असार २ देखि ८ गतेसम्म संचालन हुने लिगमा कुल ५ टिम सहभागी रहेका छन् ।

बजाज खडक वारियर्सको मार्की खेलाडी राजेश पुलामी, रुपनी राइडर्सकाका मेहबुब आलम, बोदे बर्साईनका मन्जित श्रेष्ठ, तिलाठी कोइलाडीका सुनिल धमला तथा डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा मार्की खेलाडी रहेका छन् । प्रतियोगिता सिंगल राउन्ड रोबिन फर्म्याटमा खेलाइनेछ । लिग चरणमा सबै ५ टिमले एक अर्कासंग खेल्नेछन् जसपछि अंकतालिकामा उत्कृष्ट हुने २ टिमले असार ८ गते फाइनल खेल्नेछ । लिगको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया