एजेन्सी, इस्लामावाद । भारतसँग विश्वकप क्रिकेटमा ८९ रनले पराजित भएपछि पाकिस्तानी टोलीको देशमा चर्को आलोचना भएको छ । पाकिस्तानी समर्थकले टोलीलाई प्रतिबन्ध लगाउन माग गर्दै अदालतमा मुद्दा नै दायर गरेका छन् । साथै उनीहरूको आक्रोस सोयब मलिकसँग पनि बढी छ । शोयब मलिकले १४ अक्टोबर १९९९ मा वेस्ट इन्डिजविरुद्ध अन्तर्राट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । ३७ वर्षे मलिक भारतविरुद्धको खेलमा शून्यमै आउट भए । त्यसपछि पाकिस्तानी समर्थक र मिडियाले मलिकलाई ‘तारो’ बनाएका छन् ।
भारतविरुद्ध प्रतिस्पर्धा भएको अघिल्लो दिन मलिक पत्नीसँग खाना खाँदै गरेको भिडियो सार्वजनिक भएको पाकिस्तानी मिडियाले दाबी गरेका थिए । उक्त भिडियोमा भारतीय टेनिस खेलाडी सानिया मिर्जा उनकी पत्नीसँग खाना खाएको देखिन्छ । पाकिस्तानी मिडियाले दाबी गरेको जस्तो भारतविरुद्धको खेलको अघिल्लो दिनको नभई त्यसभन्दा अघिको भएको मलिकले जवाफ दिएका छन् ।
सफाइ दिँदै मलिकले भनेका छन् ‘मलाई सफाई दिनु पर्दा निकै दुःख लागेको छ । साथै उनले पाकिस्तानी मिडियाले कहिले विश्वसनीय समाचार प्रकाशित गर्लान् भन्दै प्रश्न पनि गरेका छन् ।’ उनले भनेका छन् ‘पत्नी सानियासँगको भिडियो १५ जुनको नभई १३ जुनको हो ।’ उनले खेलाडीको खराब प्रदर्शनमा परिवारलाई नजोड्न आग्रह गर्दै पाकिस्तानी क्रिकेटमा आफूले २० वर्षसम्म गरेको योगदानको पनि कदर गर्न आग्रह गरे ।
प्रतिक्रिया