एसियन कुरासमा नेपाललाई कास्य

काठमाडौं । मित्र राष्ट्र थाइल्यान्डको पतया सहरमा भएको छैटौँ एसियन यु–२० जुनियर कुरास च्याम्पियनसिपमा नेपालले कास्य पदक प्राप्त गर्न सफल भएको छ ।  महिला ५७ केजी तौल समूहमा कृती शर्माले नेपालका लागि कास्य दिलाएकी हुन् ।

८ राष्ट्रको प्रतिस्पर्धा रहेको ५७ केजी तौलको सेमिफाइनलमा शर्मा कुरास खेलका लागि निकैनै राम्रो मानिने उज्वेकिस्तानकी खेलाडी मामासाहेवा इरोदासँग पराजित भएकी संघकी महासचिव प्रतिक्षा खरेलले जानकारी गराइन् ।

प्रतियोगितामा सहभागी हुन शर्मा सहित बिपल तुलाधर र शेरबहादुर घर्ती पनि थाइल्यान्डमा छन् । बाँकी खेलाडीहरूको प्रतिस्पर्धा बिहिबार हुने महासचिव खरेलले जानकारी गराइन् ।  प्रतियोगिताकै दौरान भएको एसियन कुरास महासंघको कँग्रेसमा नेपाल कुरास संघकी महासचिव प्रतीक्षा खरेलले सहभागिता जनाएकी छिन् ।

प्रतिक्रिया