निर्देशक गुरुङलाई बिदाइ

काठमाडौं । राष्ट्रिय टिम तयारीका निर्देशक ध्रुव गुरुङ आजबाट उमेर हदका कारण राष्ट्रिय खेलकुद परिषद्बाट स्वतः अवकाश हुनुभएको छ । उहाँलाई सोमबार एक काइक्रमविच राष्ट्रिय खेलकुद परिषदले औपचारिक रूपमा बिदाइ गरेको छ । ०५२ सालमा प्रशिक्षकको रूपमा परिषद् प्रवेश गरेको गुरुङ ०६३ सालमा द्वितीय श्रेणीमा पदोन्नति भई मिति ०७५ साल चैत्रमा राष्ट्रिय टिम तयारीको उपनिर्देशक हुनुका साथै ०७३ जेष्ठ १३ गते निर्देशकको रूपमा पदोन्नति भएका थिए । उनले आफ्नो कार्यकालमा विभिन्न जिल्लामा रही तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पु¥याएका थिए ।

गुरुङलाई बिदाइ गर्दै राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य शान्ति सिंहले यो बिदाइ नभई स्वतः अवकाश मात्र भएको भन्दै कार्यालयको कामकाजबाट बिदाइ भएता पनि साथिभाइ र खेलकुदबाट बिदाइ नभएको बताइन् । उनले दक्ष र पटियालाबाट एनआइएस गरेका प्राविधिकहरूको अवकाशले आगामी दिनमा खेलकुदलाई ठूलो क्षति हुने भन्दै समयमानै राखेपले सोतर्फ ध्यान दिनुपर्ने बताइन् ।

अवकाश हुँदै गरेका गुरुङले आफुले परिषद्मा रहेर कामकाज गर्दा सबैबाट सहयोग र माया पाएको भन्दै परिषद्बाट बिदा भएता पनि खेलकुदबाट बिदा नहुने बताए । यस्तै, नेपाल खेलकुद बिज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रेती र तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले परिषद्मा काम गर्दाका अवसरमा गुरुङसँग बिताएका दिनहङको चर्चा गर्दै आगामी दिनमा पनि खेलकुद विकास र विस्तारमा गुरुङको ज्ञान र सीपलाई प्रयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया