काठमाडौं । थ्रिस्टार एकडेमी र न्युटन हाइस्कुल राजधानीमा जारी प्रथम एन्जर्ल्स हर्ट अन्तर विद्यालय(कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेव र स्पाइरल ग्यालेक्सी पनि अन्तिम चारमा पुग्न सफल भए ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा सोमबार भएको खेलमा थ्रिस्टारले भक्तपुरको स्प्रिङडेल हाइ स्कुललाई ३(१ को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । स्प्रिङडेलले विद्यामन्दिर बाग्लुङलाई बाहिरी विद्यार्थी खेलाएको आरोपसहित प्रोटेस्ट हाल्दै सफलता हात पारेपछि क्वाटरफाइनल खेल्ने मौका पाएको थियो ।
प्रि(क्वार्टरमा स्प्रिङडेल विद्यामन्दिर बागलुङसँग ३(१ को सेटमा पराजित भएको थियो । तर, क्वार्टरफाइनल खेल्ने मौका पाएको स्प्रिङडेल थ्रि स्टारसँग पराजित हुन पुग्यो । थ्रि स्टारले स्प्रिङडेलमाथि २५–२०, २०–२५, २५–२० र २५–२३ को जित निकाल्यो । त्यसअघि थ्रि स्टारले लालीगुराँस एकेडेमीमाथि ३(० को सहज जित निकाल्दै क्वार्टरफाइनलमा सथान बनाएको थियो ।
न्यूटन हाइ स्कुलले पिताम्बर मावि स्याङ्जालाई ३(१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । न्यूटनले पिताम्बरमाथि २५(१९, १८(२५, २५(२० र २५(२१ को जित निकाल्न सफल भयो । अर्को खेलमा पोखराको स्पाइरल ग्यालेक्सी स्कुलले लिटिल बुद्ध मावि महेन्द्रनगरलाई ३÷१ को सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।
पहिलो सेट २५-२१ ले जितेको स्पाइरलले दोस्रो सेट २१-२५ ले नै गुमाएको थियो । तर, त्यसपछिको दुवै सेट स्पाइरलले २५(१६ र २५-१५ ले सहजै आफ्नो बनायो । सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव)ले आइतबारै सिद्धार्थ बहुमुखी क्याम्पसलाई ३(० का सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको थियो ।
अब सेमिफाइनलमा मंगलबार सेव र थ्रिस्टार तथा न्यूटन र स्पाइरलबीच हुनेछ । प्रतियोगिता अवधि एक दिन लम्बिदा फाइनल बुधबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले ५० हजार, तेस्रोले २५ हजार तथा सान्त्वनाले १५ हजार रुपैयाँ हात पार्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउने आयोजकले जनाएको छ । व्यक्तिगत विधातर्फ बेस्ट स्पाइकर, लिफ्टर, सर्भर, ब्लकर, डिफेन्स र प्रशिक्षकले समान ५(५ हजार पाउनेछ ।
प्रतिक्रिया