खोजखबर

आमाद्वारा तीन वर्षीय छोराको हत्या

सौर्य अनलाइन २०७६ जेठ १४ गते १३:५४ मा प्रकाशित

भोजपुर । एक आमाले आफ्ना तीन वर्षीय छोराको हत्या गरेकी छन् । रामप्रसाद राई गाउँपालिका, बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झनाले छोरा सम्बोधनको हत्या गरेको प्रहरीले जनाएको छ ।

स्थानीयवासीले अभियुक्त थापाको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तलामा छोराको हत्या गरेको बताइएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय