एकाएक ३० हजार माछा मरेपछि कृषक चिन्तामा

धादिङ । नीलकण्ठ नगरपालिका–३ गौतीमा पालिएको ३० हजार माछा मरेपछि माछापालक कृषक चिन्तित भएका छन् । तीन महीनाअघि माहुर जातको माछा पोखरीमा हालिएकामा ३०० ग्रामदेखि ८०० ग्रामसम्म पुग्न लाग्दा एकाएक सबै माछा मरेको माछापालक कृषक चन्द्र तामाङले बताए । टाउको पखेटा, पुच्छरमा रातो भएर छटपटाउने, सुस्त हुने र माछा मर्ने गरेको छ । बिक्रीका लागि तयारी अवस्थामा पुगेका माछा मरेपछि आफू समस्यामा परेको उनको भनाइ थियो ।

चार वर्षदेखि माछापालन गर्दै आउनुभएका तामाङको चार पोखरीमध्ये सबैभन्दा ठूलो पोखरीमा रहेको माछा सखाप भएपछि मरेका माछाले दुर्गन्ध फैलिएको छ । वर्षको एक लाख ७० हजार भाडा तिरेर माछापालन गरिरहनुभएका उनले जिल्लामा रहेको भेटेनरी अस्पतालमा सम्पर्क गर्दा माछाविज्ञ नभएको अस्पतालका सूचना अधिकारी घुरन मण्डलले बताए ।

प्रतिक्रिया