बुढानीलकण्ठमा नेपाल इन्भेस्टमेस्ट बैंकको काउन्टर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा १४औं एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । बुढानीलकण्ठ नगरपालिका ५ स्थित बुढानीलकण्ठ स्कुलको ठीक बाहिर, पूर्वपट्टि खोलिएको यस काउन्टरले विद्यार्र्थी एवं शिक्षक लगायत स्थानीय जनतालाई सहज वित्तिय सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

उक्त काउन्टरको उद्घाटन समारोहमा बंैकका कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, बुढानीलकण्ठ स्कूलका प्राध्यापक होमनाथ आचार्य, सो वडाका सदस्य लगायत बैंकका कर्मचारी तथा स्थानीय सहभागिता रहेको थियो । बैंकले वित्तीय साक्षरता अभिवृद्धिका लागि ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्दै आएको छ ।

हाल बैंकले काठमाण्डौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा सञ्चालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले सेवा दिँदै आएको छ ।

प्रतिक्रिया