‘तमसुक’ बजारमा

काठमाडौं । कथाकार पदम विश्वकर्माद्वारा लिखित कथा संग्रह ‘तमसुक’ को बजारमा आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा शिखा बुक्स र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपालको आयोजनामा भएको कार्यक्रममा प्राज्ञ माया ठकुरी, अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली. प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, कथाकार पदम विश्वकर्मा, नेपाल लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, समालोचक ज्ञानु अधिकारी साहित्यकार दामोदर पुडासैनी, अनेसास नेपालकी महासचिव सन्ध्या पहाडी र प्रकाशक पुष्पराज पौडेलले संयुक्त रूपमा विमोचन गरे ।

कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कथामा परिवेश, पात्रको राम्रो छनोट रहेको कथाकारले राम्रो मिहिनेत गरेको बताइन् । श्रीओम श्रेष्ठ रोदनले विश्वकर्माका कथा पढ्दा आफँै रोमाञ्चित भएको बताउँदै कथा संग्रहमा सबै पाठकलाई पढनुपर्ने जिकिर गरे ।

यसैगरी अनेसासका केन्द्रीय अध्यक्ष लेकालीले अनेसासले गरेका कार्य विवरण र विमोचित कथासंग्रहले सफलता पाउने धारणा व्यक्त गरे । कथाकार विश्वकर्माले आफ्नो पहिलो कथा संग्रह भएकाले यसको प्रतिक्रियाको पर्खाइमा रहेको बताए । उनले भने, ‘म सधैं साहित्य साधनामा लागि रहने विश्वास दिलाउन चाहन्छु ।’ प्रकाशक पुष्पराज पौडेलले नेपाली साहित्यमा प्रकाशित पुस्तकलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन अनेसासले भूमिका खेल्नुपर्ने बताए । पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।

प्रतिक्रिया