लन टनिसमा एपीएफलाई थप दुई स्वर्ण

बुटवल । रुपन्देहीमा जारी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको लन टेनिस खेलमा विभागिय टिम शसस्त्र प्रहरी बलको एपीएफ क्लबले दुई स्वर्ण थपेको छ । देविनगरस्थित लन टेनिस कोर्टमा आईतबार भएको महिला युगल र पुरुष युगल ईभेन्टमा एपीएफले १–१ स्वर्ण जितेको हो । योसंगै एपीएफले ४ स्वर्ण आफनो कब्जामा पार्न सफल भएको हो । नेपाली सेनाले टिम ईभेन्ट तर्फ १ स्वर्ण जितेको छ । दुई स्वर्णको टुगो सोमबार लाग्नेछ ।

आईतबार भएको महिला युगलको फाईनल खेलमा एपीएफकी सलोनी तामाङ र अस्लेशा लिसानोविचको जोडिले प्रेरणा कोईराला र ऐनी माथेमाको जोडिलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै स्वर्ण हात पारेको हो । उपविजेता एपीएफकै प्रेरणा कोईराला र ऐनी माथेमाको जोडि रजत पदक चित्त बुझाएका छन । यसैगरि नेपाली सेनाकी अभिलाषा विष्ट र ईरा रावत तथा क्षेत्र नं ४ की श्रेया भट्टराई र रोजिता बुद्धाचार्यको जोडी तेस्रो हुदै कास्य पदकमा चित्त बुझाएका छन ।

यसैगरि पुरुष युगलमा एपीएफका आईभन लिसानोविच र जितेन्द्र परियारको जोडीले प्रदेश नं ४ का प्रदिप खड्का र नवीन मगरको जोडिलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गर्दै संवरण जितेका हुन। दोस्रो भएका प्रदेश नं ४ का प्रदिप खड्का र नवीन मगरको जोडि रजत पदकमा चित्त बुझाएका छन । यसैगरि प्रदेश नं. ४ का धर्म लामिछाने र अनिल शाही तथा एपीएफका छेवाङ लामा र सन्तोष खत्रीको जोडी तेस्रो हुँदै कास्य पदक पाएका छन ।

पुरुष एकलतर्फ आईतबार भएको पहिलो सेमीफाईनल खेलमा एनआरएनका संरक्षणभुषण बज्राचार्यले एपीएफका सन्तोष खत्रीलाई ६–०, ६–३ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि अर्को सेमीफाईनलमा नेपाली सेनाका प्रनव खनालले प्रदेश नं ४ का प्रदिप खड्कालाई ६–३, ७–५ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । उपाधिका लागि एनआरएनका संरक्षणभुषण बज्राचार्य र नेपाली सेनाका प्रनव खनालका बिचमा फाईनल खेल सोमबार हुने छ ।

यसैगरि महिला एकलतर्फको पहिलो सेमीफाईनलमा नेपाली सेनाका अभिलाषा विष्टले प्रदेश नं ३ का रायना शाहलाई ६–२, ६–० को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन । यसैगरि दोस्रो सेमीफाईनल खेलमा एपीएफकी प्रेरणा कोईरालाले नेपाली सेनाकी ईरा रावतलाई ६–०, ५–७, ६–२ को सुपर ट्राईबेकरमा जित निकाल्दै फाईनलमा प्रवेश गरेका छन । उपाधिका लागि फाईनल खेल नेपाली सेनाका अभिलाषा विष्ट र एपीएफकी प्रेरणा कोईरालाका बिचमा सोमबार हुने छ ।

प्रतिक्रिया