कैदीलाई पुस्तकालय स्थापना

हुम्ला । कारागारमा थुनामा रहेका कैदीलाई ज्ञान र सीपको विकास गरी व्यवहार परिवर्तन गर्नका लागि हुम्लाको कारगारमा पुस्तकालय स्थापना गरिएको छ । कारगारमा फुर्सदको समय सदुपयोग गरी कैंदीले सजायको अवधि भुक्तान गरी बाँकी जीवन सरल, सहज र देश विकासमा हिस्सा लिउन् भन्नका लागि पुस्तकालयको स्थापना गरिएको हो ।

खाली दिमागले अनावश्यक कुराको सोच लिई समाजमा विभिन्न अपराधका लागि सोच्ने मानसिकता भएका व्यक्तिले किताबको पठनपाठन गरी समाज अनि व्यवहारको परिवर्तन गर्न सकेमा समाज परिवर्तन गर्न सकिने कार्यक्रमका अधिकांश वक्ताको जोड रहेको थियो । किताबमा लेखिएको ज्ञान, सीपबाट विश्वको परिवेश थाहा पाउन र सकरात्मक सोचको विकास गर्न सकिने भएकोले पुस्तकालय स्थापना एक सकरात्मक काम भएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए । पत्रपत्रिका, पुस्तकमा भएका ज्ञानको सही सदुपयोग गर्नमा पुस्तकालयले अति नै राम्रो भूमिका निर्वाह गर्नका लागि सहयोग पु¥याउने विश्वास ढकालले लिएका छन् । अपराधको बोध गराई त्यसको प्रायश्चित गरी समाजमा उदाहरणीय व्यक्तिको रूपमा समायोजन गर्न सकियोस् भन्नका लागि पुस्तकालयले सहयोग गर्नेमा ढकालको जोड रहेको थियो ।

समयसापेक्ष समाजसँग घुलमिल गर्न, विगत र वर्तमान थाहा पाउनका लागि पुस्तक अति नै उपयोगी सामग्र्री भएकोले पनि जिल्ला प्रहरी कार्यालय परिसरमा स्थापना गरिएको पुस्तकले कैदी मात्र नभएर प्रहरी कर्मचारी अनि ज्ञानको भोक भएका सबैका लागि पुस्तकालय उपयोगी हुने प्रहरीप्रमुख रामप्रसाद घर्तिमगरले बताए । सुरुमा थोरै पुस्तकको सहायताले पुस्तकालय स्थापना गरिएको भएता पनि आगामी दिनमा पुस्तकालयको विस्तारमा प्रहरी कार्यालय र जिल्ला कारागार कार्यालय लागि पर्ने मगरले बताए । कारगारको बसाइँपछि भावी जीवनलाई सार्थकता तुल्याउनका लागि पुस्तकालय सहयोगी हुनेमा मगरको भनाइ रहेको थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न लेखक तथा पत्रकारले पुस्तक, पत्रपत्रिका हस्तान्तरणसमेत गरेका थिए । पूर्व नेपाल पत्रकार महासंघ अध्यक्ष कर्णबहादुर रोकायाले १० थान पुस्तक र ३४ थान पत्रिका, लेखक वसन्त रोकाया र मधु बस्नेतद्वारा लेखिएको पुस्तक पुस्तकालयलाई हस्तान्तरण गरिएको थियो । पुस्तकालय स्थापनामा सहयोग गर्ने विभिन्न महानुभावलाई नेपाल प्रहरीले मायाको चिनोसमेत हस्तान्तरण गरिएको थियो ।

हुम्लामा बन्दी गृह नहुँदा बन्दीलाई कारागारमा नै राखिने गरिएको छ । बन्दी गृहको निर्माण हाल भइरहेको कारण बन्दीलाई कारागारमा नै राख्नुपरेको कारागार प्रमुख डबलबहादुर रावतले बताए । पुस्तकालयमा हाल २ सय ६ थान पुस्तक राखेर सुरु गरिएको प्रहरीप्रमख रामप्रसाद घर्ती मगरले जानकारी गराए । पुस्तकालयको उद्घाटन प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले गरेका थिए ।

केही महिना अघिदेखि कर्णाली प्रदेशका प्रहरीप्रमुख डिआइजी महेशविक्रम शाहको पहलमा सुरु भएको कारागारलाई किताब अभियानले हुम्लामा पनि सार्थकता पाएको छ । कारगारका कैदीलाई कारगारबाट बाहिर जाँदा ज्ञान र सीप लिएर जाऊन् र समाजको जानकारी प्राप्त गर्नका लागि पुस्तकालय सफल हुनेमा सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले बताए । सकरात्मक सोच र भावी जीवनलाई सार्थकता तुल्याउनका लागि पुस्तकालय सहयोगी सिद्ध हुनेमा पुस्तकालय व्यवस्थापन उपसमितिका सदस्य छपाल लामाले बताए ।

प्रतिक्रिया