पूर्व आयुक्त पाठकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी रु ७८ लाख घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । सोही बिषयको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया