बैशाखमा प्रतियोगिता सर्ने मन्त्रीको संकेत

बाँके । २०७५ भित्रै उद्घाटन गर्ने गरी तयारी थालिएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता केहि समय पर सर्ने संकेत देखिएको छ । आईतवार मात्रै चैत्र २७ गते उदघाटन हुने भनिएको खेल २४ घण्टा नबित्दै मिति पुनः सर्न सकिने बताईएको छ ।

सोमबार बाँके र बर्दियाका पुर्वाधारहरु अवलोकन गरेर फर्किएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले प्रतियोगिता सुरु गर्नुभन्दा पहिले भौतिक निर्माण गुणस्तरको हुनुपर्ने बताए । युवा तथा खेलकुद मन्त्री विश्वकर्माले अहिलेको अवस्था हेर्दा चैत्रको अन्यमा सुरु गर्न नसकिने जस्तो देखिएकोले बैशाखको पहिलो वा दोश्रो हप्तामा गर्दा उचित हुने बताए ।

अहिले भौतिक पुर्वधार पुरा नहुदै मिति तोक्न हतार नगर्न सम्बद्धहरुलाई युवा तथा खेलकुद मन्त्रिले आग्रह गरेका छन । पुर्वाधार निर्माणको कार्य अन्तिम चरणमा भएको देखिन्छ । २० दिन अझै पुर्वाधार निर्माणमा लाग्ने देखिएकोले सम्बन्धित निर्माण कम्पनि सगं बसेर थप छलफल गरीने मन्त्रि विश्वकर्माले बताए । ‘एक हप्ता भित्र बोर्डको बैठक बसेर मिति तय गर्छौँ ।

हामी पुर्वाधार निर्माण गर्ने प्रारम्भीक चरणमै भएकाले यति छिट्टै निर्माण पनि भैरहेकोले छिट्टै मिति पनि तय हुनेछ,’ उनले भने । २७ गते हुने भनेर भनिएको अहिलेलाई हल्ला मात्र भएको मन्त्रि विश्वकर्माले प्रष्टाए । उनले उद्घाटन समारोह पनि २०७६ मै हुन सक्ने आशय व्यक्त गरे । मन्त्रि विश्वकर्माले नेपालगञ्जमा भैरहेको भौतिक निर्माण पुर्खौसम्मका लागी हुने बताए ।

प्रतिक्रिया