आर्थिक विकासमा सहकारीको भूमिका

सुदर्शन अधिकारी

हाम्रो जस्तो विकासोन्मुख देश जहाँ आर्थिक वृद्धिदर न्यून रहेको छ । त्यहाँ सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण हुन्छ । रोजगारीका लागि विदेशिने युवाको संख्या १२ देखि १५ सयसम्म छ । त्यसैबाट पनि वेरोजगारीको अवस्था प्रष्टै हुन्छ । राज्यले रोजगारी सिर्जना गर्न नसक्दा ठूलो युवा जमात शिक्षित भएर पनि वेरोजगार वस्न बाध्य छन् । अशिक्षित र अर्धशिक्षित त अरवियन मुलुक देखि विभिन्न राष्ट्रहरुमा रोजगारीकै लागि जान विवश भएका छन् । सरकार भने देशमा भएका ठूला ठूला उद्योगलाई सञ्चालन गरी थप रोजगारीको सिर्जना गर्नेतर्फ लाग्नुको सट्टा जेनतेन चलेका उद्योगहरु पनि वन्द हुने अवस्था आउँदा सम्म प्रभावकारी कदम चालेर रोजगारी सिर्जना गर्ने तर्फ लाग्दैन ।

प्रजातन्त्रको पुर्नस्थापना पश्चातको सरकारको समयदेखि उदार आर्थिक नीतिको अवलम्वन बारे पश्चात् आर्थिक कारोवार गर्ने वैंक तथा वित्तियसंस्था स्थापना हुन थाल्यो त्यसकै परिणाम स्वरुप सहकारी संस्थाको वृद्धि हुँदै गएर साठीको दशकमा त तिव्ररुपले सहकारी संस्थाहरु खुलेकाछन् । जसबाट स–सानो रुपमा गाँउ गाँउ सहरमा छरिएर रहेको रकमलाई जम्मा गरी आर्थिक कारोवार गर्दै केही मात्रामा रोजगारी प्राप्त गर्ने र पूँजी परिचालन गरी आर्थिक अवस्था समेत सुधार्ने सुअवसर प्राप्त भएको देखिन्छ ।

सहकारी मूलत न्यून आय भएका गरीव तथा विपन्न परिवारका लागि एउटै भरपर्दो संस्था वन्न पुग्यो । जसबाट थोरै थोरै वचत गरी ठूलो धनराशी निर्माण गरी स्वरोजगारी सिर्जना भएको छ । ठ गाइभैंसी पालन, कुखुरा पालन, वंगुरपालन, वेमौसमी तरकारी खेती, च्याउखेती जस्ता आयमूलक व्यवसाय गरी निर्धन व्यक्ति तथा परिवारको आर्थिक अवस्था उकास्न सहकारी संस्था अत्यन्तै महत्वपूर्ण सावित भयो । हाल देशमा २६ हजार ५०० वटा सहकारी सस्ंथा छन् । जसले कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान गरेको छ ।

सहकारी कै माध्यमबाट ग्रामिण विपन्न महिलाहरु आयमूलक कार्य गरी आर्थिक रुपमा सवल वन्दै सफल व्यावसायी समेत वनेका छन् । आमा समूह महिलासमूह जस्ता संगठित संस्था खोलेर रुपैयामा छरिएर रहेका पैसालाई लाख र करोडमा वदल्दै स्वरोजगारी सिर्जना गरी आफैँ सक्षम वनेर जीविकोपार्जन गर्ने समूह अनगिन्ती रहेका छन् । सहकारी संघ संस्था मार्फत सुलभ व्यायजदरमा ऋण लिएर मैनवत्ती वनाउने, सावुन वनाउने, दालमोठ वनाउने, तितौरा वनाउने, सिलाई वुनाई गर्ने, सिन्के तथा वाटेको धूप वनाउने जस्ता कार्य गरी लाखौका संख्यामा वेरोजगार वसेका युवती आमा, दिदीवहिनीलाई आर्थिक रुपमा सवल बनाउने कार्य गरेको छ । साथै महिलाहरु पनि नेतृत्वमा पुगेर संगठनलाई समेत प्रभावकारी रुपले सञ्चालन गर्न सफल भएका छन् ।

वैदेशिक रोजगारीमा गएका युवाहरु पनि केही समयको पीडा र दर्दनाक अवस्था भोगेर स्वदेशमा फर्किएर त्यही सहकारी संस्था मार्फत पूँजीजम्मा गर्दै व्यावसायिक रुपमा कृषि तथा पशुपालन, दुग्ध व्यावसाय वाख्रापालन जस्ता आधुनिक र वैज्ञानिक ढंगले व्यावसाय सञ्चालन गरेर आफ्नै जन्म भूमिमा विदेशमा भन्दा वढी आम्दानी गर्न सक्षम भएका छन् । अनेकौ व्यावधान सहेर काम गरी विदेशी भूमिमा पसिना वगाएर नेपाल पठाएको रकमबाट प्राप्त हुने रेमिट्यान्समा रमाउने सरकारले भने वर्षैनी श्रम वजार आउने तीन चार लाख युवालाई रोजगारी दिनुपर्नेमा तीन चारहजारलाई समेत रोजगारी दिनेगरी कार्य गर्न नसकि रहेको वर्तमान अवस्थामा सहकारीमार्फत स्वरोजगार सिर्जना गर्दै देशको आर्थिक वृद्धिदर वढाउनमा समेत महत्वपूर्ण योगदान गरिरहेका छन् ।

सहकारी संस्थामा आवद्ध हुनुभनेको सेवाभावले कार्य गर्ने समूहमा मिलेर अगाडि वढ्ने आर्थिक कार्यको जिम्वेवारी सवैले लिने सवैको समान हैसियत हुने पदीय हिसावले उच्च र निम्न देखिए पनि आर्थिक कारोवार गर्ने सवालमा समान पहुँच हुने एकताको भावनाको विकास गर्ने जस्ता सकारात्मक र समान अवसरको विकास गराउने संस्था भएकोले यसमा आवद्ध हुनु भनेको मिलेर कार्य गर्ने क्षमताको विकास गराउनु पनि हो । आर्थिक कारोवारमा साझेदारीहरुका बीचमा लामो समय मेल भएको अन्यत्र अपवादको रुपमा मात्रै देखिन्छ । पछिल्ला समयमा संख्यात्मक रुपमा सहकारीको संख्या वृद्धि हुदै जाँदा केही मात्रामा भने नकारात्मक असर पर्ने कार्य गरी समग्र सहकारी आन्दोलन र इतिहासलाई समेत दाग लगाउने कार्य भएका पनि छन् । हजारौमा रहेका संस्थाहरुमध्ये एकाध संस्थाले गलत कार्य गरिदिँदा पुरै सहकारीलाई मुछ्नु पनि सही हुदैन ।

हरेक क्षेत्रमा गलत मनसायका व्यक्ति हुन्छन् र त्यस्ता व्यक्तिले सिंगो संस्थालाई वदनाम गराउने गरेका पनि थुप्रै दृष्टान्त भेटिन्छन् । झनै सहकारी संस्थामा त आर्थिक कारोवार वढी हुने भएकाले यसमा पनि त्यस्ता कुदृष्टि राख्ने खराव आचरणका व्यक्ति छिटपुट रुपमा हुने नै भए । त्यस्ता संस्थालाई अहित हुने र विकृतिलाई वढावा दिनेलाई सहकारी निति नियम र कानुनले दिएको अधिकार उपयोग गरी निरुत्साहित गर्दै सहकारी संस्था भनेको देशको आर्थिक स्तम्भ नै हो भन्ने प्रमाणित गर्न यसमा आवद्ध सवै सदस्यहरु गंभिर आपसमा हातेमालो गरी दीगो आर्थिक विकासका लागि पूजी निर्माण गरी आर्थिक अनुशासनमा रहेर रोजगारी तथा आर्थिक वृद्धि गर्नमा इमान्दार भएर लाग्नुपर्ने देखिन्छ । सहकारी आर्दश मूल्य र मान्यतालाई आत्मासात गर्दै अगाडि वढ्न सकिएमा अझै पनि देशको आर्थिक वृद्धिदरलाई अपेक्षा गरिए अनुरुप दोहोरो अकंमा पु¥याउने लक्ष्य हासिल गर्न कठिन देखिन्न ।

वास्तवमा सहकारीको पहुँच ग्रामीण इलाकाका ती जनसमुदायका वीचमा पु¥याउनुपर्छ जहाँ वैक तथा अन्य वित्तिय संघसस्थाहरु रहेका छैनन् । पछिल्ला समयमा सहकारी संघसस्थाहरु सहरकेन्द्रित हुँदै गएका छन् । यसले विपन्न वर्गमा सहकारी संस्थाको उपलब्धता नहुँदा उनीहरुले थोरै पूँजी वचत गरी त्यसै संस्थाबाट सहुलियत दरमा ऋण लिएर स्वरोजगारका कार्य गर्न नपाइरहेको अवस्था पनि छदैछ । कतिपय सहकारी संस्थाहरुले वहुउदेशीय भने पनि एउटै कार्यमा मात्र आफ्नो ध्यान केन्द्रित गरेका छन् । सहकारी संस्थाको गठन गर्दा जुन जुन क्षेत्रमा जसरी कार्य गर्ने भनिएको थियो । त्यसरी सवै क्षेत्र समेटेर कार्य अथवा आर्थिक क्रियाकलाप गर्ने सहकारी संस्थाहरु अत्यन्तै कम मात्र भेटिन्छन् ।

कतिपय सहकारी संस्थाका पदाधिकारी तथा सदस्यलाई सामान्य सहकारीको वारेमा जानाकारी समेत नहुँदा आफ्नो संस्थाको गतिविधि तथा कार्यक्षेत्रका वारेमा अनविज्ञ देखिन्छन् । यसलाई हटाउन सम्वन्धित सहकारी, सस्थाका सदस्यहरु नै जागरुक भएर सहकारी विकास वोर्ड तथा विभाग लगायतका निकायबाट दिइने तालिममा सहभागी भएर सहकारी प्रति वढि जानकार भएर संगठित र प्रभावकारी रुपमा आफ्नो उपस्थिति देखाएर नमूनाको रुपमा आफ्नो संस्थालाई चिनाउने तर्फ अग्रसर हुनु पर्दछ । जसले गर्दा संस्थाका कार्य उदाहरणीय वन्छ भने आफ्नो समेत कार्य सम्पादन क्षमतामा वृद्धि हुन्छ जसले सस्थाको गरिमा वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह समेत गराउँछ ।

सहकारी नै त्यस्तो महत्वपूर्ण र प्रभावकारी संस्था हो जसले व्यक्ति व्यक्तिका सानो रकम जुन छरिएर रहेका हुन्छ त्यसलाई जम्मा गर्दै ठूलो पूँजी वनाएर लगानी गर्ने वातावरण वनाउँछ । अझ स्पष्ट भन्नुपर्दा थोपा थोपा नगदलाई नदि बनाएर लगानी गर्ने वातावरण वनाउँछ । पछिल्लो समयमा सहकारीको सख्ंया वृद्धि हुँदै जाँदा सस्थाहरुको कार्यमा पनि छिटपुट रुपमा विकृति विसंगतीहरु पनि देखिन थालेका छन् । तिनलाई व्यवस्थित नियमन गर्नका लागि सहकारी सस्थालाई आवश्यक पर्ने थप जनशक्ति पूरा गरी चुस्त दुरुस्त राख्नेतर्फ पनि सहकारी वोर्ड र विभागका सम्वन्धित शाखाले ध्यान दिनुपर्ने देखिन्छ । हाम्रो जस्तो कम आय भएका जनताहरु रहने मुलुकमा सहकारी नै उत्तम माध्यम हुन्छ , आर्थिक रुपमा सवल वन्दै देशको अर्थतन्त्र सुदृढ वनाउने दिशामा कार्य गर्नका लागि । तसर्थ सहकारीको पहुँच ग्रामीण र दुर्गम इलाकामा समेत पु¥याएर सही ढंगले अगाडि वढाउन सवैको सकारात्मक भूमिकाको खाँचो रहन्छ ।

सहकारी सम्वन्धि रेडियो तथा टेलिभिजन कार्यक्रम मासिक तथा त्रैमासिक पत्रपत्रिका वार्षिक अंक लगायतका सामाग्रीले यस सम्वन्धि जानाकारी पाउन सहज बनाएको छ । अझै यसको प्रभावकारीता र व्यापकतालाई विस्तार गर्दै लैजानका लागि विद्यालयस्तरका पाठ्यक्रमदेहि नै सहकारीका सम्वन्धमा जानाकारी दिलाउने गरी उच्च मावि तथा विश्वविद्यालयसम्मका पाठ्यक्रममा सहकारी वारेमा अध्यापन गराउने व्यावस्था गर्दा अझै उपयुक्त हुने देखिन्छ । सामान्य किसानको थोरै उप्पादन देखि ठूला उद्योगपतिका उत्पादनसम्मलाई वजार पु¥याइ उत्पादन र वितरणमा समेत राम्रो माध्यम बन्ने सहकारीको विकासका लागि सरकारले पनि समय सापेक्ष सुधार तथा प्रभावकारी नीति नियम ल्याएर त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने देखिन्छ ।

प्रतिक्रिया