रानिटारमा लोपोन्मुख डाला तथा नाङ्ला बुनाई तालिम सकियो

पाँचथर । फिदिम नगरपालिका– ८ रानिटारमा लोपोन्मुख नाङ्ला , डाला, थुन्से, बुनाइ तालिम सकिएको छ ।
गत जेठ ४ गतेदेखि आज आइतबारसम्म तालिम सञ्चालन गरिएको रानिटार सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सूर्य अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार परम्परागत सीपको प्रवर्द्धन गर्नको लागि ८ दिवसीय तालिम सकिएको हो । तालिममा ९ जनाले सीप सिकेका छन् । सो सिकाइलाई इलाम फाकफोक थुम पालिकाका नन्दराम मुखिया र घनश्याम मुखियाले सहजीकरण गरेका हुन् ।

सो तालिम सहभागीलाई फिदिम नगरपालिका शिक्षा शाखा प्रमुख निर्मला दाहालले प्रमाण त्र प्रदान गरेको अध्यक्ष सूर्य अधिकारीले बताए । सिकाइमा वडा नं ८ का वडाध्यक्ष सोमबहादुर गुरुङ विषेश अतिथि बनेका थिए । तालिम समापन फिदिम नगरपालिका शिक्षाशाखा तथा खेलकुद प्रमुख निर्मला दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रतिक्रिया