काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सहमहामन्त्री पदबाट सांसद सुमना श्रेष्ठको राजीनामा स्वीकृत भएको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो । श्रेष्ठले गत ४ वैशाखमा राजीनामा बुझाएकी थिइन् । एक व्यक्ति दुई पदमा बस्न नहुने भन्दै श्रेष्ठले राजीनामा दिएकी थिइन् ।
श्रेष्ठले राजीनामामार्फत आफू सांसदका रूपमा सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरुलाई दिन चाहेको लगायत बताएकी थिइन् ।
प्रतिक्रिया