औसत आयु अभिवृद्धिमा बिमा

सानोभन्दा सानो स्वास्थ्य समस्या पर्दासमेत खर्चको जोहो गर्न नसक्दा बिरामी स्वयं तथा परिवारजन चिन्तित रहन वाध्य हुनपर्ने छ । जसका कारण आपसी मनमुटाव बढ्न गई खराब आर्थिक अवस्था कारण घरवारसमेत गुम्न सक्ने डरलाग्दो खतरालाई अन्यथा लिन मिल्दैन । तसर्थ स्वास्थ्य बिमा क्षेत्रकोे उपादयतासहित कार्यान्वयन पक्षलाई यदि सहि गतिशीलता प्रदान गर्न सकिएनिश्चित रूपमा धेरैभन्दा धेरै आम—जनसमुदाय लाभान्वित हुन सक्नेछन् भन्ने विश्वास लिन सकिन्छ 

शैक्षिक जनचेतनाको प्रभाव स्वरूप हरेक क्षेत्रमा चेतनशील जनसमुदायको अभिवृद्धि हुदै गएको छ । परीणामतः हरेक चेतनशील नेपाली दाजुभाई—दिदीबहीनीहरू आफ्नो तथा आफ्नो परिवारको स्वास्थ्य प्रति अत्यन्त संवेदनशील रहन गएको पाइन्छ ।

आफ्ना सन्ततिको स्वास्थ्यप्रति प्रत्यक्ष जानकार रहँदा रहँदै पनि कतिपय अवस्थामा व्यक्तिको सामान्य कमाइले जिवन धान्ने, औषधि उपचार गर्ने वा अस्पताल खर्च लगायतका अन्य विविध विषयमा आर्थिक अभावका कारण विषम परिस्थिति खडा हुने अवस्था सिर्जना हुने देखिन्छ । किनकी वर्तमान परिपे्रक्ष्यमा अन्य क्षेत्रको तुलनामा चिकित्सा क्षेत्र दिन प्रतिदिन अत्यन्त महंगो हुदै गएको हामीहरू सबैले अनुभव गरेकै कुरा हो । सामान्य अवस्थामा समेत अस्पताल तथा औषधि खर्च आमजनसमुदायको पहुँचभन्दा बाहिर हुदै गएको छ ।

सम्बद्ध पक्षको पहुँचभन्दा बाहिर रहेको चिकित्सा सम्बन्धमा यदि कुनै ठूलै विपति आइलागे त्यसको सहीक समाधान गर्ने उद्देश्य लिई नेपालमा पनि हाल केही वर्षयता स्वास्थ्य बिमा प्रदायक कम्पनीले आफ्नो कार्यक्षेत्र विस्तारगर्दै सहयोगीको भूमिका निर्वाह गदै आएका छन् । हाम्रो मुलुकको तुलनामा विश्वका अन्य विकशित राष्ट्रहरूमा यस प्रकारका स्वास्थ्य बिमा प्रदायक कम्पनीहरूले तत् सम्बन्धमा जिम्मेवारी लिने निक्कै पुरानो परम्परा रहेको तथ्यहरूले औँल्याएका छन् । नेपालको हकमा यसलाई नौलो सुरुवाती अवस्था मान्न सकिन्छ ।

तर, हाम्रो जस्तो हरेक क्षेत्रमा पिछडीएको मुलुकमा भर्खर–भर्खर मात्रै बामे सर्न लागेका यस प्रकारका बिमा प्रदाय कम्पनीहरू प्रति सहजै विश्वाश गरी हाल्ने परिस्थितिको विकाश भने हालको अवस्था सम्म पनि भएको पाईदैन । जबसम्म सहज रूपमा विश्वासी भावले कार्यान्वयन हुन सक्दैन त्यो वेला सम्म बिमित लाभान्वित हुन सक्ने कुनै गुञ्जायस रहदैन ।

नतिजास्वरूप स्वास्थ्य सम्बन्धी कुनै विपती परे सम्पूर्ण खर्च कसरी जुटाउने भन्ने विषयमा नै पीडित चिन्तित रहन बाध्य हुने देखिन्छ । अर्कोतर्फ खर्चको अभावमा बिरामीको मृत्युसमेत हुन सक्ने प्रबल सम्भावना जीवन्त रहन्छ । तर, विकसित मुलुक जहाँ स्वास्थ्य बिमा प्रदायक कम्पनीलाई सहज रूपमै विश्वासमा लिई केहि रकम प्रीमियम बापत अग्रीम रूपमा भुक्तानी गर्ने परम्पराको विकास भएको हुदा सम्बद्ध मुलुकका जनसमुदायमा आम स्वास्थ्य प्रति कुनै प्रकारको द्विविधा उत्पन्न हुने भन्ने प्रश्न नै उठ्दैन ।

तर नेपालमा भने सानो भन्दा सानो स्वास्थ्य समस्या पर्दा समेत खर्चको जोहो गर्न नसक्दा बिरामी स्वयं तथा परिवारजन चिन्तित रहन वाध्य हुनपर्ने छ । जसका कारण आपसी मनमुटाव बढन गई खराब आर्थिक अवस्था कारण घरवार समेत गुम्न सक्ने डरलाग्दो खतरालाई अन्यथा लिन मिल्दैन । तसर्थ स्वास्थ्य बिमा क्षेत्रकोे उपादयता सहित कार्यान्वयन पक्षलाई यदि सहि गतीसिलता प्रदान गर्न सकीए निश्चित रूपमा धेरै भन्दा धेरै आम—जनसमुदाय लाभान्वित हुन सक्नेछन् भन्ने विश्वास लिन सकिन्छ ।

यस प्रकारका बिमा प्रदायकलाई अधिकत्तम रूपमा अत्यधिक जनसमुदायले उपभोग गरोस् भन्ने सुउद्देश्ले नेपाल सरकारले अनिवार्य स्वास्थ्य बिमा सम्बन्धि अवधारणालाई व्यवहारमा उतारिसकेको वर्तमान अवस्था हो । यसमा विषेश गरी बिमितको उमेरलाई आधार मानि रकम भुक्तानी गर्नुपर्ने भएको हुँदा उमेरको अनुपातमा अवश्य पनि प्रिमियम वापतको रकम केहि बढी—घटि हुन सक्ने देखीन्छ ।

यसका साथै निजीकरणको अवधारणा अनुसार वर्तमान समयमा जनसंख्याको ठूलो हिस्सा निजी वा अर्ध सरकारी समूहद्वारा सञ्चालित रोजगारदाता समूहसँग आबद्ध रहेको हुदा सम्भव भए सम्म आफ्ना कामदार—कर्मचारीवर्गको हितको खातिर कतिपय रोजगारदाताबाट आफ्नै स्रोत र साधनको अधिकत्तम उपयोगगरी बिमा वापतको रकम व्यहोर्ने व्यवस्थासमेत मिलाउदै आएका छन् ।

यदि सहज रूपमा तल्कालका लागि सो सम्भव नभए सम्बन्धित कामदार—कर्मचारीकै तलवलाई मासिक रूपमा कट्टाहुने गरी वार्षिक किस्तावन्दिको अनुपातमा सम्बद्ध तलवभत्तावाट नै मिलान हुने गरी आवश्यक व्यवस्थापन गर्दै कर्मचारीको स्वास्थ्य प्रति रोजगारदाता समूह सचेत रहन सक्ने अवस्था तयार पार्नु श्रमिक तथा कर्मचारीवर्ग हितमा रहेको छ भन्दा त्यती फरक नपर्ला ।

यस प्रकारका सकारात्मक गतिविधीलाई यदि राष्ट्रव्यापी रूपमै उपयोग गर्न सकियो भने कुनै पनि नेपाली दाजु–भाई तथा दिदी–वहिनीहरू औषधी तथा चिकित्सा सम्बन्धि समस्याको कारण अकालमा मृत्यूवरण गर्नुपर्ने कष्टकर अवस्थाबाट मुक्त रहने थिए । अन्य क्षेत्रका तुलनामा विषेश गरी उद्योग—कलकारखानामा कार्यरत समूह अत्यधिक रूपमा लाभान्वित हुने अवस्था तयार पार्नु आजको आवश्यकता हो ।

किनकि, दिनहुँ जोखिमले भरिपूर्ण कार्य गर्दा हरपल उक्त समूहको ज्यू—ज्यान जोखिमले भरीपूर्ण रहेको हुदा कुनै भवितव्य परी अंगभंगको अवस्थामा जिवनभर आर्थिक अभावले पिल्सिएर बाँच्नु र मर्नुको दोसाँधमा जीवन जिउनुभन्दा केही रकमको जोहोले सम्पूर्ण चिकित्सासम्बन्धी स्वास्थ्य बिमा सेवा प्राप्त गर्न सकिने हुँदा लाभदायी सिद्ध हुनेछ । तर, यसका लागि आवश्यक जनमुखी सूचनाहरू रेडियो, टेलिभिजन, छापा वा यस्तै अन्य कुनै सञ्चारका माध्यमबाट जानकारी मूलक सूचनाहरू सम्प्रेषण गर्नु अति नै जरुरी भई सकेको छ ।

स्वास्थ्य बिमाहरू मानव जिवनसँग प्रत्यक्ष सम्बन्धित रहने हुने हुँदा आफ्नो स्वास्थ्य सम्बन्धि सम्पूर्ण विवरण फेहरिस्त रूपमा राख्नु नै विमितको पक्षमा हितकर हुनेछ । किनकी कहिले काहि गलत सूचनाहरू सम्पेषण भएकै कारण विमितलाई असहज परिस्थितीको सामना गर्नुपर्ने अवस्था सिर्जना हुनेछ । परीणामतः बिमा वापत प्राप्त हुने सम्पूर्ण सुविधा बाट वञ्चित रहनुपर्ने अवस्थालाई अन्यथा लिन मिल्दैन । सामान्यत औषधी सम्बन्धि बिमाभन्दा स्वास्थ्य बिमा केही महंगो पर्ने भएता पनि सम्पूर्ण स्वास्थ्य सम्बन्धि जिम्मेवारी बहन गर्ने भएको हुदा यसलाई नगन्य रूपमा लिनु हितग्राही कदम मान्न सकिन्छ ।

यसका साथै स्वास्थ्यसम्बन्धि बिमालाई वार्षिक रूपमा नै नविकरण गर्नुपर्ने भएको हुँदा केहि हदसम्म अवश्य पनि झन्झटिलो भने अवश्य पनि रहेको छ । प्रस्तुत व्यवहारलाई मानव स्वास्थ्यका हिसाबमा सामान्यीकरण नै मान्नुपर्ने हुन्छ । तसर्थ, यसप्रकार सेवा प्रदायले वास्तवमा आमनेपालीजनको औषत आयुवृद्धि गर्ने महान् अभियानमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । किनकी, बिमा गराएबापत पूर्ण स्वास्थ्य लाभ हासिल गर्न सक्षमरही असामयिक रूपमा प्राप्त हुन सक्ने सम्भावित् मृत्यको भयाभय अवस्थाबाट पार पाउनुको साथै मृत्यूदरमा न्यूनताआई औक्ष्सत आयु अभिवृद्धि गराउने कार्यमा कोशेढुंगा सावित हुने देखिन्छ ।

प्रतिक्रिया