रियाल मड्रिडको जित

एजेन्सी, आम्सट्राडम । साबिक विजेता रियाल मड्रिडले बुधबार च्याम्पियन्स लिग अन्र्तगत आयाक्सविरुद्धको पहिलो लेगमा २–१ को जित निकालेको छ । २४ वर्ष यता जित निकाल्न नसकेको घरेलु टोली आयाक्सका लागि निकोलास टागलियफिले रियालका गोलकिपर थिबाउट कोर्टोवाको गल्तीको फाइदा उठाउँदै हेडरमार्फत गोल गरे पनि उक्त गोललाई रेफ्रिले मान्यता दिएनन् ।

आयाक्सका एरिक टेन हागले अफसाइड र गोलकिपरमाथि फाउल नभएको बताए । ‘मैले उक्त क्षण देखेको थिँए,’ एरिक टेनले भने, ‘मेरो विचारमा त्यो अफसाइड थिएन । तर रेफ्रिले मान्यता दिएनन् ।’ निकै प्रतिस्पर्धात्मक पहिलो हाफ दुबै टोलीले गोल रहित बराबरी खेलेका थिए । दोस्रो हाफमा आक्रामक देखिएको रियालका लागि ६०औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।

भिनिसियस जुनियरले दिलाएको पासलाई बेन्जिमाले जाली चुमाएका हुन् । ७५ औं मिनेटमा हाकिम जियाचले डेभिड नरेशको पासलाई सदुपयोग गर्दै भ्रमणकारी टोलीको अग्रता बराबरीमा ल्याएका थिए । प्रतिस्पर्धात्मक खेल सकिन तीन मिनेट बाँकी रहँदा मार्को एसेन्सियोले ड्यानि कार्भाहालको पासलाई सदुपयोग गर्दै पहिलो लगेमा जित सुनिश्चित गरे ।

घरेलु मैदानमा पराजित भएको आयाक्सले मार्च ६ तारिखमा रियालसँग उसैको मैदानमा दोस्रो लेग खेल्नेछ । ‘हामीले रिप्ले हेर्न सक्दैनौं,’ मड्रिडका प्रशिक्षक सान्टियागो सोलारीले भने, ‘रफ्रिले जे भन्छन् त्यसैमा हामीले विश्वास गर्नुपर्छ ।’
ग्यारेथ बेल रियाल मड्रिडमा फर्किएको दिन मार्सेलो भने ४ वर्ष च्याम्पियन्स लिगको नक–आउट चरणको खेलमा बेन्च बस्नु परेको थियो । स्पेनिस क्लब रियाल मड्रिडविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न नसक्दा घरेलु दर्शकसामु स्तब्ध बनेको हो ।

यस्तै, लिग अन्तर्गत बुधबारै सम्पन्न अर्को खेलमा इङ्लिस प्रिमियर लिगको क्लब टोटेनह्यामले घरेलु मैदानमा जर्मन बुन्डेसलिगको क्लब बोरुसिया डर्टमन्डमाथि ३–० को शानदार जित दर्ता ग¥यो । पहिलो हाफ गोल रहित बराबरी खेलेको घरेलु टोली टोटेनह्यामले दोस्रो हाफमा तीन गोल गर्दै पहिलो लेगमा जित दर्ता गरेको थियो । ४७औं मिनेटमा हिउङ् मिन सनले गोल गर्दै टोटेनह्यामलाई सुरुआती अग्रता दिलाए ।

त्यसपछि खेल सकिन ७ मिनेट बाँकी रहँदा यान भट्रोङ्गनले टोलीका लागि दोस्रो गोल गरेका थिए । २–० ले पछि परेको अवस्थामा गोल फर्काउन काउन्टरमा रहेको डर्टमन्डविरुद्ध ८६औं मिनेटमा टोटेनह्यामले तेस्रो गोल थप्यो । बाँकी समयमा डर्टमन्ड खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन र पहिलो लेगमा नतिजा सुम्पिन बाध्य भयो ।

प्रतिक्रिया