लुम्बिनी विकास बैंकद्वारा आर्थिक सहयोग

काठमाडौं । लुम्बिनी विकास बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका–१७ दोभिल्लामा सहारा क्लब पोखराद्वारा  सञ्चालित सहारा एकेडेमीमा आश्रित विभिन्न जिल्लाका २८ जना टुहुरा तथा असहाय विद्यार्थीहरूका लागि एक वर्षसम्मको दैनिक खाजा व्यवस्थाका लागि आर्थिक सहयोग प्रदान गरेको छ । लुम्बिनी विकास बैंकका सञ्चालक सुशीलराज पराजुलीले सहारा एकेडेमीका अध्यक्ष केशवबहादुर थापालाई २ लाख ९४ हजारको चेक हस्तान्तरण गरे ।

उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य व्यवस्थापक तथा कम्पनी सचिव हरिकृष्ण सुवेदी, पोखरा शाखाका प्रबन्धकहरू प्रकाशचन्द्र पहारी, बलबहादुर थापा साथै सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली लगायतको उपस्थिति थियो । उक्त रकम हस्तान्तरण गर्दै बैंकका सञ्चालक सुशीलराज पराजुलीले लुम्बिनी विकास बैंकले सहारा क्लबलाई विगतदेखि विभिन्न किसिमले सहयोग गर्दै आइरहेको र यस किसिममा विभिन्न सामाजिक संघ÷संस्थाहरूलाई सहयोग गर्ने एवं बैंक आफै प्रत्यक्ष सहभागी भई सेवा पु¥याउनेसमेत बताए ।

प्रतिक्रिया