अर्थतन्त्र बेरोजगारी भत्ता बाँड्ने अवस्था पुगेको छैनः डा.पौडेल

काठमाडौं । सरकारले बेरोजगारी भत्ता बाँडने भनि गरेको निर्णयको सत्तारुढ दलकै नेताले व्यवहारी नभएको बताएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता डा.विजय पौडेलले मंगलबार बिहान बेरोजगारी भत्ता बाँड्ने अवस्थामा देश नरहेको बताएका छन् ।

पौडेलले मंगलबार बिहान फेसबुकमा स्टाटस लेखेर बेरोजगारी भत्ता बाँड्न सक्ने हैसियतमा देशको अर्थतन्त्र नरहेको बताएका हुन् ।

देशको अर्थतन्त्र ‘बेरोजगारी भत्ता बाँड्न सक्ने हैसियतमा पुगिसकेको छैन’, उनले भनेका छन्, ‘अहिले नै यस्तो घोषणा गर्नु असफल लोकप्रियतावादमा फँस्नु हुनेछ ।’

उनले अाफ्नाे फेसबुकमा स्टाटसमा लेखेका छन् ‘यसअघि घोषणा गरिएको सामाजिक सुरक्षा योजनाले पूर्ण आकार नलिँदै थप घोषणा गर्न नहतारिएको राम्रो ।’

सरकारले फागुन १ गतेदेखि लागू हुने गरेर रोजगारी दिन व्यवस्था लागू गर्दै छ । रोजगारी दिन नसके बेरोजगार भत्ता दिने सरकारको तयारी छ ।

सरकारकाे उत्त निर्णय सस्ताे लाेकप्रियताका लागि गरिएकाे भन्दै अालाेचना सुरू भएकाे छ । देशकाे अहिलेकाे अार्थिक अवस्था बेराेजगारी भत्ता बाँड्न सक्ने नभएकाे अर्थ विदहरूकाे भनाइ छ ।

प्रतिक्रिया