भ्याली पब्लिकलाई दोहोरो उपाधि

काठमाडौं । भ्याली पब्लिकले दोस्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार दोहोरो उपाधि जितेको छ । भ्याली पब्लिक सिनियर ब्वाइज र सिनियर गल्र्स दुवैमा च्याम्पियन बन्यो । हात्तीगौडास्थित आयोजक भद्रकाली स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा भ्याली पब्लिकले बिएनएलाई २३–१७ ले पराजित ग¥यो । भ्याली पब्लिकका साजन गुरुङले १५ अंक जोडे । गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले टीआईएलाई २३–१८ ले हरायो । भ्याली पब्लिककी सुजु गुरुङले ९ अंक जोडिन् ।

ब्वाइजमा सुमन चापागाईं तथा गल्र्समा सुजु गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै भ्याली पब्लिकका हुन् । भ्यालीकाद्वय साजन गुरुङ ब्वाइज तथा सुमिना तामाङ गल्र्समा उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा बिएनएका सिसम अधिकारी तथा गल्र्समा भ्याली पब्लिककी कञ्चन मगर प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने । सिसमले ७५ तथा कञ्चनले ४२ अंक जोडे ।

विजेतालाई नेपालका बास्केटबल संघका महासचिव नरेन्द्र थापा, भद्रकालीका निर्देशक अच्यूत केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २१ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १६ तथा गल्र्समा ८ टिम सहभागी थिए ।

किशोर नगदसहित सम्मानित 
भद्रकालीका बास्केटबल प्रशिक्षक किशोर थपलिया २० हजार नगदसहित सम्मानित भएका छन् । किशोरलाई उनको कामको मूल्यांकन गर्दै भद्रकालीका संस्थापक निर्देशक कृष्णप्रसाद अधिकारीले स्कुलको तर्फबाट १० हजार नगद प्रदान गरे । त्यस्तै भद्रकालीकी को–फाउन्डर सुनिता अधिकारी तथा प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले व्यक्तिगत रूपमा नगद समान ५–५ हजार रूपैयाँ किशोरलाई प्रदान गरे ।

प्रतिक्रिया