अजित र हुमी पहिलो

काठमाडौं । पिनाकलका अजितकुमार यादव र शहिद रामनाथकी हुमी बुढा मगर दोश्रो टाइम्स सडक दौडमा शनिबार पहिलो भएका छन् । ५ किलोमिटर दूरीको स्पर्धामा अजित ब्वाइज तथा हुमी गल्र्समा पहिलो भएका हुन् । गत संस्करणमा पनि दुवै पहिलो भएका थिए ।

द टाइम्स इन्टरनेसनल कलेजद्वारा आयोजित दौडको निर्धारित दूरी अजितले १६ मिनेट २५ सेकेन्डमा पूरा गरे । यो स्पर्धामा अजितको व्यक्तिगत उत्कृष्ट समय १४ मिनेट ५२ सेकेन्ड रहेको छ । ३ किलोमिटर दौडमा भने अजितको नाममा ८ मिनेट ४४ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान छ ।

पिनाकलकै उमेश मगर दोस्रो तथा बाढीनालिका उमाविका सन्तोषनाथ योगी तेश्रो भए । उमेशले १७ मिनेट २१ सेकेन्ड तथा सन्तोषले १७ मिनेट २२ सेकेन्ड समय खर्चे । हुमीले २१ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी तय गरिन् । हुमीको ५ किलोटिमरमा व्यक्तिगत उत्कृष्ट टाइमिङ १९ मिनेट ४० सेकेन्ड रहेको छ ।

२२ मिनेट २० सेकेन्ड समय निकालेकी गणेशमान सिंह बहुमुखी क्याम्पसकी रशिला तामाङ दोश्रो तथा २३ मिनेट ०३।९ सेकेन्ड समयमा मेगा नेसनल कलेजकी काजोल विष्ट तेश्रो भए । ब्वाइज गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान० का पूर्व निर्देशक डा। प्रकाश प्रधान, टाइम्सका प्रबन्ध निर्देशक दीपक न्यौपाने, टाइम्सका प्रिन्सिपल शंकरप्रसाद गैरे, कार्यक्रम संयोजक सोनु थापा, टाइम्स क्लबका इन्चार्ज राजनप्रसाद पोखरेल लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दौडमा १ सय ७५ प्रतिस्पर्धी सहभागी थिए ।

प्रतिक्रिया