धनगढी प्रिमियर लिगको ट्रफी सार्वजनिक

धनगढी । सोमबारबाट हुने धनगढी प्रिमियर लिग (डिपिएल) तेस्रो संस्करणको ट्रफी शुक्रबार धनगढीमा सार्वजनिक गरिएको छ । यसअघि शनिबारबाट प्रतियोगिता आयोजना हुने बताइए पनि लगातारको वर्षाका कारण फाप्ला मैदान हिलाम्मे भएपछि मिति दुई दिनपछि सरेको छ ।

यद्यपि फाइनल खेल भने फागुन ११ मै आयोजना हुने आयोजकले बताएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगिताका सद्भावना दूत दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स र धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले संयुक्त रूपमा प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए ।

ट्रफी सार्वजनिक कार्यक्रममा ६ वटै खेलका कप्तानको सहभागिता रहेको थियो । ट्रफिसँगै उत्कृष्ट खेलाडीले पाउने गोल्डेन जुत्ता पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेल काठमाडांै गोल्डेन र धनगढी स्टार्सबीच हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि प्रस्तावित धनगढी उपमहानगरपालिका–३ मा रहेको फाप्ला क्रिकेट मैदानमा डिपिएलको तेस्रो संस्क

रणको खेल हुनेछ । यसअघि खेल प्रहरीको संघीय इकाई कार्यालयमा सम्पन्न भएका थिए । मैदानमा करिब पाँच हजार दर्शक अटाउने फलामका कृत्रिम प्यारापिट निर्माण गरिएको छ । डिपिएलको पुरस्कार राशिमा यसपटक २० प्रतिशत वृद्धि गरेर ६० लाख रुपैयाँ पुगाइएको छ ।

प्रतिक्रिया